‘यो मुटु दुख्छ किन ?’ को उत्तर दिदै दर्पण र मेलिना (भिडियो)

काठमाडौं–
पछिल्लो समय निकै मिठो कायकीले चर्चामा आएकी गायिका मेलिना राईको आबाज रहेको ‘यो मुटु दुख्छ किन ?’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीतको मेल भर्सन भने भर्सटायल तथा चर्चित गायक राजेशपायल राईको आबाज रहेको छ । निकै मार्मिक तथा तथा सेन्टिमेन्ट गीतको रचना गीतकार दर्पण राईले गरेका हुन् । गीतकार राईले शब्द मात्रै होईन यो गीमा संगीत समेत भरेका छन् ।
‘तिम्ले बाटो फेरेऊ अरे’ बोलको गीत लेखेर चर्चा कमाउन सफल दर्पण राई मोडल हुँदै भिडियो निर्देशनसम्म छुट्टै पहिचान बनाउन सफल भएका छन् । सामन्यतया चलेको ट्रेन भन्दा नयाँ–नयाँ क्रियशनमा गीतकार दर्पणले काम गर्न रुचाएको देखिन्छ ।
त्यसैले पनि होला दर्पणको ‘यो मुटु दुख्छ किन ?’ को मेल भर्सनको भिडियो निर्माणमा नयाँ प्रयोग गरिएको छ । यो गीतको मेल भर्सनलाई भारतीय टेलिभिजन च्यालन ‘स्टार प्लस’को चर्चित डान्स रियालिटी शो ‘डान्सिङ सुपर स्टार–२०१३’मा थर्ड रनरअप सुशान्त खत्रीलाई लिएर ‘लिरिकल मुमेन्ट’ भिडियो निर्माण तयारी गरिरहेका बेला यो लिरिकल भिडियो ल्याएका हुन् । यस गीतकार राईले आमदर्शकले यो भिडियो रुचाउने विश्वास व्यक्त गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video