रेडियो च्यानलका कारण वील्सनले खाए गाली

हाँस्य कलाकार वील्सन विक्रम राईले दर्शकबाट गाली खाएका छन् । केही रेडियो च्यानलहरुले आफ्नो आवाजलाई गलत तरिकाले प्रयोग गर्दा आफूले त्यस्तो गाली खान परेको उनले बताएका हुन ।
सुत्र इन्टरटेन्मेन्टसंगको कुराकानीका क्रममा वील्सनले भनेका छन् एक रेडियो च्यानलले तक्मे बुढाको मिमिक्रि (नक्कल) गर्दै एक म्यानपावरको विज्ञापन प्रसारण गरेपछि केही ब्यक्तिहरु उक्त विज्ञापनलाई विश्वास मानेर विदेश गएका थिए तर विज्ञापनमा भने जस्तो कुनै पनि सेवा सुविधा नपाएका कारण ती ब्यक्तिहरुले विदेशमा धेरै दुख पाए र मैले प्रत्यक्ष रुपमै खाली खादा नरमाईलो लाग्यो ।

उनका अनुसार नेपालका धेरै एफएम स्टेशनहरुले आफू र अन्य चर्चित कलाकारहरुको मिमिक्रि गर्दै विभिन्न विज्ञापन बजाउँने गर्दा दर्शक झुक्किएको बताएका छन् जसको असर प्रत्यक्ष रुपमा कलाकारहरुले ब्यक्तिगत जीवनमा भोग्नु परेको उनको भनाई छ । हेर्नुस् समसामायिक बिषय बस्तुमा उनीसंग गरिएको कुराकानी ।
हेर्नुस् भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video