सम्बन्ध चिसिएको चर्चा भएका अनुप, भुवन र अनमोलसँग हङकङमा !

काठमाडौं–
केही समय पहिले प्रदर्शनमा आएको चलचित्र ‘कृ’ को निर्माण टिमसँग सम्बन्ध चिसिएको चर्चा चलिरहदा अभिनेता अनुप विक्रम शाही चलचित्रको निर्माण टिमसँगै यतिबेला हङकङ पुगेका छन् । नेपालमा उल्लेखित व्यापार गर्न नसकेको चलचित्र ‘कृ’ जापान हुँदै अब हङकङमा प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनका लागि भन्दै यतिबेला निर्माता भुवन केसी र अभिनेता द्वय अनमोल र अनुप विक्रम शाही हङकङ पुगेका छन् । केही समयदेखि अनुपको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला अनुप पनि हङकङ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि केही मिडियासँग अन्तर्वार्ता दिने क्रममा अनुपले आफ्नो भागको केही सिन काटिएकोमा दुखेसो पोखेका थिए । ‘एचकेदर्पण’ सँगको संक्षिप्त कुराकानीमा अनुपले हङकङबासी नेपालीसँग आफू अभिनीत फिल्म हेर्न इच्छुक रहेको बताएका छन् । यस्तै, भुवन र अनमोल पनि हङकङबासी नेपालीबाट ‘कृ’ को फिडब्याक लिन आतुर रहेको बताए । आइतवार साँझ हङकङको युनलोङ थिएटरमा फिल्मको प्रिमियर हुँदैछ ।

निर्देशक सुरेन्द्र पौडेल पौडेलको निर्देशनमा बनेको चचित्रमा अनमोल र अनुपसँगै अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार तथा द सुपर काजोल फिल्मस् को प्रस्तुति रहेको चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video