मन्त्री लालबाबु पण्डितले ‘सुन साँहिली’ गाएपछि…… (भिडियो सहित)

काठमाडौं–
पहिलोपटक केपी शर्मा ओली प्रधामन्त्री भएका बेला सामान्य प्रशासन मन्त्री सम्हालेका लालबाबु पण्डित यतिबेला पनि पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

उतिबेला सामान्य प्रशासन मन्त्री भएकाबेला जनप्रिय काम गरेका मन्त्री पण्डित छोटो समयमै जनताको मनमस्तिष्कमा बस्न सफल भएका थिए । लालबाबु मन्त्री बने लगत्तै उनलाई क्वाटरमा पुगेर बधाई दिनेहरुको लामै भिड लाग्ने गरेको छ आजभोलि । कोही एक्लै जान्छन् त कोही समूहमै मिलेर मन्त्री पण्डितलाई बधाई दिन जाने गरेका छन् ।

मन्त्री पण्डितलाई हरेक दिन बधाई थाप्नेको व्यस्तताले गाँजेको छ । मन्त्री लालबाबुको क्वाटर अघि आईतबार पनि नेपाली कलाकारहरुको ठुलो भिड   लागेको थियो । नेपाली सिने क्षेत्रका चर्चित कलाकारहरु नायक शिव श्रेष्ठ, केदार घिमिरे‘माग्ने बुढा’, निर्मल शर्मा ‘गैडा’, अभिनेत्री दिपाश्री निरौला, दिपकराज गिरी लगनयतका कलाकार माग्ने मन्त्री पण्डितको आँगनमा पग्दा मन्त्री पण्डितले निकै खुशी व्यक्त गरेका थिए । माग्ने बुढाले मन्त्री पण्डितको अघिल्तिर उनको चर्चित गीत ‘मन्त्री ज्यूको सालो’ बोलको गीत गाउदा मन्त्री पण्डित मुसुमुसु हाँसिरहेका थिए ।

उनले कलाकारहरुको क्यारिकेचर आफूलाई निकै मन पर्ने समेत बताए । मन्त्री पण्डितले आफूले कलाकारको टोलीलाई रातो चिया र बिस्कुट खुवाउनु परेकोमा दुःख समेत व्यक्त गरे । ग्रिनकार्डधारी सरकारी कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका मन्त्री पण्डितले अमेरिककाको राष्ट्रपति निर्वाचनमा करिब ६० हजार नेपालीले भोट हालेको भन्दै उनीहरु नेपाली हुन् कि नेपाली मूलका विदेशी भनेर आक्रोश व्यक्त गरे ।

मन्त्री पण्डितले भने, ‘उनीहरु देश लुटिरहेको भन्दै आफूले पनि त्यसै गरी देश लुटेको भए आज तपाईहरुलाई रातो चिया र बिस्कुट खुवाउनु पर्ने थिएन ।’कलाकारहरुको माझ निकै प्रशन्न देखिएका मन्त्री पण्डितले आफूलाई ‘सुन साहिली’ बोलको गीत निकै मन पर्ने भन्दै उक्त गीत सुन्दा रुन मन लाग्ने बताए ।

उनले कलाकारहरुसँगै मिसिएर सो गीत पनि गाएका थिए । घरैमा पुगेका कलाकारका टोलीले मन्त्री पण्डित र उनको परिवारलाई माला लगाईदिएर शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित कलाकारहरुले क्रमैसँग मन्त्री पण्डितलाई परिचय दिएका थिए । मन्त्री पण्डितले कलाकार माग्नेबुढा मार्फत कलाकारहरुलाई आफ्नै निवासमा बोलाएका थिए । कार्यक्रममा माग्ने बुढाले मन्त्री माग्नेबुढालाई भेटेर केही पाईदैन, ठेक्कापट्टा पनि पईदैन तर, देश विकास र सम्मृधी पाईन्छ भन्ने गम्भिर भनाई राखेका थिए ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video