सुरु भयो ‘द भ्वाईस अफ नेपाल’ को अडिसन, संसारभरबाट यसरी डिजिटल अडिसन दिन सकिने (भिडियो सहित)

काठमाडौं–
‘अब आबाज बन्नेछ पहिचान’ भन्ने स्वलोगनका साथ ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शो अन्तरगतको अडिशन सुरु भएको छ । काठमाडौंमा प्रेस मिट गर्दै सो कार्यक्रमको आयोजक (एएनसी) ले संसारभरीबाट अडिसन दिन सकिने ‘एप्स’ समेत लन्च गरिएको छ ।

आयोजकले बताए अनुसार सिंगिङ रियालिटी ‘भ्वाईस अफ नेपाल’ मा ९० प्रतिशत पहिलो नेपाल आइडलमा देखिएका अनुहारहरुनै देखिने आयोजकले जनाएको छ ।

उक्त प्रेस मिट कार्यक्रममा अडिसनको ब्राण्ड एम्बेस्डर समेत रहेकी नेपाल आइडलका टप टेन फाइनलिष्ट केन्जल मेहर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आज सार्वजनिक एप्स रियालिटी शो मा नेपालमै पहिलोपटक प्रयोग गरिन लागेको आयोजकले जनाएका छन् । पहिलेकै नेपाल आइडलको ‘ब्याक अप ब्याण्ड’ रहने तथा कार्यक्रमको डाइरेक्टर पनि लक्ष्मण पौडेल नै रहने छन् ।

तर, अहिले सम्म नेपालमा भएका रियालिटी शो मा जज हुँदै आएकोमा भ्वाईस अफ नेपालमा कोचको भूमिका देख्न सकिनेछ ।

त्यस्तै प्रतियोगितामा १६ बर्षमाथिकाले विश्वभरबाट सहभागीता जनाउन सक्नेछन् । यो प्रतियोगितामा नेपाली भाषको अलवा प्रतियोगीले अंग्रजी भाषामा समेत गीत गाउन सक्नेछन् ।

बिजेताले २५ लाख नगद, २० लाख बराबरको एल्बम रेकर्ड, एउटा न्युब्रान्ड कार तथा वल्र्ड टुरको प्याकेज पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको होष्टमा पुरुषतर्फ शुशिल नेपालको टुंगो लागेको र महिला तर्फ चाँडै टुंगो लाग्ने आयोजकले जनाएको छ ।

अडिसनको कोचमा बरिष्ठ गायक दिप श्रेष्ठ, गायक प्रमोद खरेल, सनुप पौडेल, तथा अभय सुव्वा रहने भएका छन् । यो कार्यक्रमलाई इन्टरनेश्नल प्लेटफर्ममा समेत प्रस्तुत गरिने आयोजकको भनाई छ ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video