‘चङ्गाचेट’ मा प्रियंका र प्रमितामा को बन्ला आयुष्मानको रोजाई ?

काठमाडौं–
निर्माणधिन चलचित्र ‘चङ्गाचेट’ ले नेपाली सिने क्षेत्रमा एक प्रकारको तरंग पैदा गरिदिएको छ । यो चलचित्र अभिनेता आयुष्मान देशराज जोशी, अभिनेत्री प्रियंका कार्की तथा अर्की अभिनेत्री परमिता राज्यलक्ष्मी रानाको कारणले यतिबेला चर्चाको शिखरमा पुगेको हो । चलचित्र ‘चपली हाईट २’ प्रदर्शनको ताका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री परमिता राज्यलक्ष्मी रानाको प्रेम प्रसंगले सिने जगत निकै तातेको थियो । सार्वजनिक सञ्चारमाध्यममा समेत दुबै जनाले स्वीकार गरेको प्रेम चलचित्र हलबाट उत्रिनु अगाबै टुंगिन पुग्यो । फेरि चलचित्र ‘कथा काठमाण्डू’ मा काम गर्न पुगेका आयुष्मान अभिनेत्री प्रियंका कार्कीसँग नजिन थाले उनी परमितासँग टाढा बन्न पुगे । पछिल्लो समय आयुष्मान र परमिता एकअर्काको विषयमा बोल्न समेत चाहादैनन् ।

यद्यपि, निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’ मा यो ‘एक्स कपल’ ले सँगै काम गर्ने पक्का भएको छ । यो कुराले फेरि सिने जगतमा हलचल उत्पन्न भएको छ । अझ, रोचक पक्ष भनेको आयुष्मानकी वर्तमान प्रेमिका प्रियंका कार्की पनि चलचित्रमा मुख्य भूमिकामा देखिदैछिन् । तर, आयुष्मानको रोमान्स भने वर्तमान प्रेमिका प्रियंकासँग हुने चलचित्र निर्माण टिमले जनाएको छ ।
चलचित्रमा परमिता पनि मुख्य भूमिकामै देखिने भएकी छिन् । आयुष्मान एउटै चलचित्रमा पूर्व र वर्तमान प्रेमिकासँग काम गर्दैछन् । दर्शकका लागि यो चलचित्र निकै प्रतिक्षित बन्ने लगभग निश्चित छ । जनकपुर, काठमाडौं र पोखरामा खिचिने फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ ।रविन्द्र झा, ऋचा शर्मा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायतका कलाकाहरुको पनि अभिनय रहने कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मका निर्माता माधव वाग्ले हुन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video