नेपाल आइडल भन्दा यसकारण फरक छ ‘द भ्वाईस अफ नेपाल’ (भिडियोसहित)

काठमाडौं–
नेपालमा पहिलोपटक निकै फरक धारको सिंगिङ रियालिटी शो हुन लागेको छ । एएनसीको आयोजनामा ‘अब आबाज बन्नेछ पहिचान’ भन्ने नाराका साथ ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शो सुरु हुन लागेको हो ।  काठमाडौंमा प्रेस मिट मार्फत ‘द भ्वाईस अफ नेपाल’को बारेमा आयोजकले जानकारी गराएका हुन् । यसअघि भएका सिंगिङ रियालिटि शो भन्दा यो शो निकै फरक भएको आयोजकले जनाएका छन् । आयोजकले नेपालमै पहिलोपटक एप्स मार्फत प्रतियोगितामा भाग लिन सक्ने बताएका छन् ।

आयोजकले जनाए अनुसार १६ बर्षमाथिका जो कोहिले पनि प्रतियोगितामा भाग लिन सक्ने जानकारी गराए । यसअघि भएका रियालिटी शो भन्दा फरक भनिएको ‘द भ्वाईस अफ नेपाल’ मा यसअघि कहिले पनि नभएको ब्लाइन्ड राउन्ड पनि राखिएको छ । यसअघि जज भनिएकामा यो शो मा कोच भनिने छ । जहाँ पहिलो ब्लाइन्ड राउन्डमा कोचले प्रतियोगीको आबाज मात्रै सून्न सक्नेछन् प्रतियोगी को हो भनेर चिन्न सक्ने छैनन् । त्यसैले सँधै लाग्दै आएको जजले पक्षपात गरे भन्ने आरोपबाट कोचहरु जोगिन सक्नेछन् ।

यसअघिको नेपाल आइडलको स्वाद ‘ब्याक अप ब्याण्ड’ र कार्यक्रमको डाइरेक्टर लक्ष्मण पौडेल तथा शुशिल नेपालमा मात्रै पाईनेछ भने अरु सबै विल्कुल नयाँ र पृथक रहने छ । त्यस्तै, प्रतियोगितामा १६ बर्षमाथिकाले विश्वभरबाट सहभागीता जनाउन सक्नेछन् । यो प्रतियोगितामा नेपाली भाषको अलवा प्रतियोगीले अंग्रजी भाषामा समेत गीत गाउन सक्नेछन् ।

बिजेताले २५ लाख नगद, २० लाख बराबरको एल्बम रेकर्ड, एउटा न्युब्रान्ड कार तथा वल्र्ड टुरको प्याकेज पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको होष्टमा पुरुषतर्फ शुशिल नेपालको टुंगो लागेको र महिला तर्फ चाँडै टुंगो लाग्ने आयोजकले जनाएको छ । अडिसनको कोचमा बरिष्ठ गायक दिप श्रेष्ठ, गायक प्रमोद खरेल, सनुप पौडेल, तथा अभय सुव्वा रहने भएका छन् ।

यो कार्यक्रमलाई इन्टरनेश्नल प्लेटफर्ममा समेत प्रस्तुत गरिने आयोजकको भनाई छ ।यो अडिसनको ब्राण्ड एम्बेस्डर समेत रहेकी नेपाल आइडलका टप टेन फाइनलिष्ट केन्जल मेहर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।आयोजकले बताए अनुसार सिंगिङ रियालिटी ‘भ्वाईस अफ नेपाल’ मा ९० प्रतिशत पहिलो नेपाल आइडलमा देखिएका अनुहारहरुनै देखिने छन् ।

भिडियो हेर्नुहोसः

 

 

 

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video