सलमानको प्रतिक्षित फिल्म ‘रेस ३’ को पहिलो पोष्टर रिलिज

काठमाडौं–
बलिउड सुपरस्टार सलमान खानको अभिनित नयाँ फिल्म ‘रेस ३’ को पहिलो पोष्टर रिलिज भएको छ । नायक खानले सोसल मिडियामार्फत गएको हप्ता मात्रै फिल्मको लोगो सार्वजनिक गरेका थिए । सोसल मिडियामा फिल्मको फर्स्ट पोष्टर सार्वजनिक गर्दै सलमानले लेखेका छन्, ‘यो हप्ता मिलाउने छु ‘रेस ३’ को फेमिलीसँग । मेरो नाम हो सिकन्दर । स्वार्थी तर निस्वार्थ ।’ सार्वजनिक पोष्टरले नै अनुमान लगाउन सकिन्छ सलमान खान यो फिल्ममा एक्सन अबतारमा देखिदैछन् ।

आजसम्म कुनै पनि फिल्ममा भिलेनको भूमिकामा नदेखिएका सदमान ‘रेस ३’ मा नेगेटिभ रोलमा देखिदैछन् । यद्यपि, उक्त फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् । सलमानको लुकसँगै फिल्मको रिलिज डेट पनि कन्फर्म गरिएको छ । पोष्टरमा फिल्मको रिलिज डेट १५ जून उल्लेख छ । यस फिल्ममा सलमान खानका अलावा ज्याकलीन फर्नान्डिस, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीम जस्ता एक्टर्स पनि देखिँदैछन् ।

यसअघि गएको २२ डिसेम्बरमा सलमानको फिल्म ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको थियो । भारतीय बक्सअफिसमा ३ सय करोडभन्दा बढी कलेक्सन गरेको यो फिल्मका कारण ‘रेस ३’ लाई ठूलो फाइदा पुग्ने धेरैको अनुमान छ । यतिबेला सलमानका प्रशंसक फेरि पनि उनको एक्सन अवतार हेर्न निकै प्रतिक्षित रहेको अनुमान लाउन सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video