निर्मल शर्माको कुराले लालबाबुको पारो तातेपछि (भिडियो)

काठमाडौं–
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेट्न एक हुल कलाकारको टोली उनकै निवासमा पुगेको थियो । यसअघि पनि सामान्य प्रशासन भैसकेका मन्त्री पण्डित उतिबेला ग्रिनकार्डधारी कर्मचारीलाई कारबाही गरेर धन्यवादको पात्र बन्न सफल भएका थिए । यसपटक पनि उहि मन्त्रालय पाएका मन्त्री पण्डितलाई बधाई दिन उनकै निवासमा पुगेका कलाकारहरु मध्ये निर्मल शर्मा ‘गैंडा’ पनि एक थिए । सबैले मन्त्री पण्डितको गुन गान गाईरहदा कलाकार शर्माले भने मन्त्री पण्डितकै अघि अमेरिकामा बसेका ५० लाख नेपालीको पक्षमा बोलेका थिए ।

सबैले मन्त्री पण्डितको बयान गरिरहदा कलाकार शर्माले भने अमेरिकामा बसेका ५० लाख नेपालीलाई नेपालमा बोलाउने मन्त्री पण्डितको कुरो आफूलाई मन नपरेको तर्क गरे । उनले ५० लाख नेपालीलाई यदि नेपालमै बोलाउने हो भने नेपालमा भूकम्पको बेला भन्दा पनि ठुलो महाप्रलय आउने चिन्ता व्यक्त गरे । कलाकार शर्माको कुरा सुनिरहेका मन्त्री पण्डित एक्कासी आबेग आउदै भने,‘गएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ६० हजार नेपालीले भोट आलेका छन्, उनीहरु कुनै पनि हालतमा नेपाली होईनन् ।’ ल तपाईहरुनै भन्नुस उनीहरु नेपाली हुन् या नेपाली मूलका विदेशी हुन् ?
भिडियो सहितः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video