‘द भ्वाईस अफ नेपाल’ मा शुशिल रहदा किन अटिनन् रिमा ? ब्रान्डएम्बेस्डर बनेकी केन्जलको पारिश्रमिक कति ? (भिडियो)

काठमाडौं–
नेपालमा एकदमै फरक तरिकाले भैरहेको ‘द भ्वाईस अफ नेपाल’ को अडिसन सुरु भएको छ । यसअघि नेपालमा भएका सिंगिङ रियालिटी शो हरु भन्दा ‘द भ्वाईस अफ नेपाल’ निकै पृथक रहेको छ । यसअघि नेपाल आइडलमा ‘टप टेन फाइनलिष्ट’ केन्जलमेहर श्रेष्ठ यस रियालिटीको ब्राण्डएम्बेस्डर बनेकी छिन् । अहिलेकी निकै व्यस्त गायिका श्रेष्ठ यतिबेला नेपाल भन्दा बाहिरका कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिन व्यस्त रहेकी छिन् ।

धेरै मानिसहरुलाई उनको पारिश्रमिकको बारेमा निकै चासो समेत रहेको छ । नेपाल आइडलमा भाग लिएसँगै उनको व्यस्तता समेत बढेको छ । नेपाल आइडलबाट एलिमेनेड भएको समेत आफूलाई फिल नभएको केन्जलको भनाई रहेको छ । केन्जलले अब महिना दिन भित्र आफ्नै स्वरमा गीत सार्वजनिक गर्ने समेत बताईन् । केन्जलले आइडलपछि आप्नो दिनचर्यामा परिवर्तन भएको पनि बताईन् ।

 

उनले नेपाल आइडलमा भाग लिनु भन्दा पहिलेको अबस्था र अहिले आफ्नो दिनचर्यामा निकै फरक भएको बताईन् । केन्जलले ‘द भ्वाईस अफ नेपाल’ कलाकार बन्नेहरुका लागि राम्रो प्लेटफर्म हुने पनि जनाईन् । ‘द भ्वाईस अफ नेपाल’ को ब्रान्डएम्बेस्डर बनेकी केन्जलले आफ्नो पारिश्रमिकका बारे भने केई खुलाउन चाहिनन् । उनी हासि मात्रै रहिन् । त्यस्तै, ‘द भ्वाईस अफ नेपाल’ मा पुरुष होष्टको जिम्मेवारी पाएका शुशिल नेपालले नेपाल आइडल सफल्तापुर्वक सम्पन्न गरेकाले नेदरल्यन्डले आफुहरुलाई विश्वास गरेको बताए ।

उनले १२० जना भन्दा बढीको टिम मिलेर यो कार्यक्रम सफल पार्न लागिपरेको बताए । यसअघि नेपाल आइडलको पनि होष्ट गरिसकेका शुशिलले फिमेल होष्ट अझै चयन भैनसकेको बताए । नेपाल आइडलमा सँगै होष्ट गरेकी रिमा दोहोरिन नसक्ने संकेत शुशिलको थियो । रिमाको चलचित्रको व्यस्तताले पनि त्यो सम्भावना कम भएको उनले बताए । नेदरल्यान्डले आफेले पनि फिमेल होष्ट पठाउने बताएकाले आफूहरुले पेमेन्ट गर्न सक्ने नसक्ने अहिले टुंगो नलागेको उनले बताए ।

हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video