‘तिमीसँग’ को शीर्ष गीत सार्वजनिक, आकाश र साम्राज्ञीको रोमान्स (भिडियो)

काठमाडौं–
निकै प्रतिक्षित चलचित्र ‘तिमीसँग’ को शीर्ष गीत सार्वजनिक भएको छ । आजै ‘तिमीसँग’ को अडियो पनि सार्वजनिक गरिएको छ । नायक आकाश श्रेष्ठ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ गीतको लोकेशन, मेकिङ तथा प्रस्तुति निकै उत्कृष्ट छ ।
भिडियो हेर्नुसः

शुशील क्षेत्रीको छायांकन रहेको गीतमा अन्नपूर्ण बेशक्याम्पको सौन्दर्यलाई निकै रचनात्मक तरिकाले क्यामेरामा कैद गरिएको छ । कोरियोग्राफीमा शिशिर खातीको मिहिनेत निकै उत्कृष्ट रहेको छ जसको कारण आकाश र साम्राज्ञीको जोडी आकर्षक देखिएको छ । राहुल मुखर्जीले संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको आबाज रहेको छ ।
यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलर ६ लाख बढी दर्शकले युट्युबमा हेरिसकेकाले सार्वजनिक यो गीत पनि हिट हुने निर्माण युनिटको विश्वास रहेको छ ।

चैत २३ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘तिमीसँग’ मा आकाश र साम्राज्ञीको अलवा नाजिर हुसेन, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्मका लेखक, निर्माता र निर्देशक सबै बिधामा शिशिर राणा रहेका छन् । चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
पटकथामा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको भूमिका रहेको छ । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा चलचित्रमा देख्न सकिन्छ ।
यो पनि हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video