बलिउड अभिनेत्री जय पर्दाको प्रधानमन्त्री ओलीलाई यस्तो प्रस्ताव, के भने ओलीले ?

काठमाडौं–
चर्चित बलिउड अभिनेत्री सुटुक्क नेपाल भ्रमणमा आएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको समाचार सार्वजनिक भएको छ । अभिनेत्री जय पर्दा दुई देशको सामाजिक एवं साँस्कृतिक विकास योजना बोकेर नेपाल आएसँगै प्रधानमन्त्री ओलीलाई मात्रै भेटेकी होईनन् उनले पशुपति नाथको दर्शन गर्न पनि भ्याएकी छिन् ।

बलिउड नायिका जय पर्दाले बालुवाटरमा प्रधानमन्त्री पत्नी, पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेती लगायतसँग भेटघाट गरेकी हुन् । सो भेटघाटमा जय पर्दाले प्रधानमन्त्री ओली समक्ष बलिउडको सहयोगमा नेपालमा एक फिल्म सिटि निर्माण र पशुपति नाथ मन्दिरको बृहत्तर सुधार योजनाको प्रस्ताव गरेकी छिन् । लगत्तै प्रधानमन्त्री ओलीले उनको योजनामा आफ्नो सरकार पूर्ण रुपमा सकारात्मक रहेको बताएका थिए ।

उक्त प्रस्ताव अनुसार नेपालमा निर्माण हुने फिल्म सिटिमा नेपाल तथा भारतका विभिन्न क्षेत्रमा सक्रिय रहेका लेखक,कवि,पत्रकार,डाक्टर, बैज्ञानिक हरुलाई पनि संग्लन गरार्ईने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उक्त प्रोजेक्टको नाम ‘‘हिमालय कन्क्लेभड’ राखिने समेत तय भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video