‘लिलिबिली’ का तीन पोष्टर सार्वजनिक, जसिता र प्रदीप रोमान्टिक मुडमा

काठमाडौं–
मिलन चाम्स निर्देशित ‘लिलिबिली’ तीन पोष्टर सार्वजनिक गरिएको छ । युवा स्टारर प्रदीप खड्का अभिनीत ‘लिलिबिली’ का तीन रोमान्टिक पोष्टर सार्वजनिक गरिएको हो । बुधवार चलचित्र निर्माण टिमले नव–नायिका जसिता गुरुङ र प्रदीप खड्का फिचरिङ पोष्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा जसिता, प्रदीपको अंगालोमा बाँधिएको देखाईएको छ । यी रोमान्टिक पोष्टरले चलचित्रप्रति दर्शकमा अझैं उत्सुकता बढाएको छ ।काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । छायांकन देखिनै चलचित्र निकै चर्चा परिचर्चा हुँदे आएको छ । चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।

चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुदिप बरालको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि.सीको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video