‘फान अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक, प्रियंका, केकी, बर्षा, शिल्पा र सृजनाको लडाईंमा कसले मार्ला बाजी ? (भिडियो)

काठमाडौं–

बुधबार नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजना हुन लागेको दोश्रो ‘फान अवार्ड २०७३’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंमा एक भव्य कार्यक्रम आयोजना गरेर संघले २४ विधामा उत्कृष्ट पाँच प्रतिस्पर्धिको मनोनयन सुची सार्वजनिक गरेको हो ।७ सदस्यीय प्रारम्भिक छनोट सिफारिस समितिले २०७३ भरी प्रदर्शनमा आएका ८८ चलचित्र मध्येबाट छनोट गरेका फिल्महरुलाई अवलोकन गरेको हो ।

आयोजकका अनुसार मुख्य निर्णायक समितिले उत्कृष्ट पाँचको मनोनयन तयार गरेको हो । मनोनयन सार्वजनिक कार्यक्रममा बोल्दै सरिता लामिछानेले ‘फान अवार्ड सम्पूर्ण नेपालि चलचित्र क्रमिहरुको मान सम्मान र प्रोत्साहनको लागि भएको भन्दै यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

आउदो चैत १६ गते राजधानीमा ‘दोस्रो फान अवार्ड २०७३’ आयोजना हुँदैछ । आयोजक चलचित्र कलाकार संघले अवार्ड वितरणमा केही ढिला भएको स्वीकार समेत गरेको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष रामृष्ण बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार तथा कलाकार संघका संरक्षक निर शाह बिशिष्ट अतिथि रहेका थिए ।

सार्वजनिक बिधा मध्ये, उत्कृष्ट पाँच चलचित्रको प्रतिस्पर्धामा ‘के म तिम्रो होइन र’, ‘गाजलु’, ‘छक्का पञ्जा’, ‘जात्रा’ र ‘लुट २’ परेका छन् भने निर्देशनमा ‘के म तिम्रो होइन र’बाट आकाश अधिकारी, ‘गाजलु’बाट हेमराज बिसी, ‘पुरानो डुङ्गा’बाट रामबाबु गुरुङ, ‘लुट २’बाट निश्चल बस्नेत र ‘बीर बिक्रम’बाट मिलन चाम्स प्रतिस्पर्धी बनेका छन् ।

यस्तै उत्कृष्ट अभिनेतातर्फ भने ‘छक्का पञ्जा’बाट दीपकराज गिरी, ‘शब्द’बाट सौगात मल्ल, ‘बीर बिक्रम’बाट दयाहाङ राई, ‘पुरानो डुङ्गा’बाट माओत्से गुरुङ र ‘जात्रा’बाट विपिन कार्की प्रतिस्पर्धी बन्दा अभिनेत्रीतर्फ ‘लभ साशा’बाट केकी अधिकारी, ‘जात्रा’बाट वर्षा राउत, ”छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘किस्मत २’बाट शिल्पा पोखरेल र ‘डाइङ क्याण्डल’बाट सिर्जना सुब्बा मनोनयनमा परेका छन् । ‘फान अवार्ड’मा यो पटक अभिनेत्री तर्फको लडाईंमा प्रियंका, केकी, बर्षा, शिल्पा र सृजनाको लडाईं निकै रोचक र हेर्न लायक देखिन्छ । हेरौ कसले मार्ने हुन बाजी ? हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video