सुरु भयो ‘शत्रु गते’ को अग्रिम बुकिङ

काठमाडौं–
भोलिबाट प्रदर्शनमा आउन लागेको निकै प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को मल्टिप्लेक्समा एडभान्स बुकिङ खुल्ला गरिएको छ । यसअघि सार्वजनिक भएका गीत तथा ट्रेलरले पनि यो चलचित्रको निकै प्रतिक्षा गरेको देखिन्छ । अहिले सामाजिक सञ्जालमा देखिएका क्रिया प्रतिक्रियाले पनि चलचित्र हेर्न दर्शक तयारीमा रहेको पाउन सकिन्छ । मल्टिप्लेक्समा यो चलचित्रले राम्रो शो पाएको छ ।

चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

यो सँगै राजधानीका सिंगल हलमा पनि चलचित्र राम्रो शो पाएको छ । मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।किरण केसीको प्रस्तुति रहेको चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

निर्देशक भट्टराई र दीपकराज गिरीले पटकथा लेखेका हुन् भने संवाद निर्देशक भट्टराई र कथाकार हरिवंश आचार्यले मिलेर तयार पारेका हुन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माताको रुपमा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video