हरर चलचित्र ‘सुनकेसरी’ को ट्रेलर निकै डरलाग्दो (भिडियो)

काठमाडौं–
हरर चलचित्रको रुपमा चित्रित चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री ऋचा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्रको ट्रेलर निकै डरलाग्दो बनाइएको छ ।बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर चलचित्र बनाएको बताईन् ।

उनले भनिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सने अबस्था छैन, हरेकले नेचुरल खोज्ने गर्छन, तर, यो चलचित्रले जबर्जस्ती दर्शक तर्साउँदैन ।’ अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई यो चलचित्रको मुख्य कथा बनाइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको हो चलचित्रको बजेट २ करोड भएको बताइएको छ । अर्पण थापाले चलचित्रलाई निर्देशन गरेका हुन् ।

मनोज अधिकारी निर्माता रहेको चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको मुख्य अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् ।
शर्मिला सापकोटा र धर्मराज अधिकारी चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ । रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको चलचित्र जेठ ११ गते देखि प्रदर्शनमा आउने बताईएको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video