नेपाल चलचित्र संघको साधारणसभामा बक्सअफिस प्रणालीबारे यस्तो छलफल

काठमाडौं–
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा नेपाल चलचित्र संघको ४५ औँ साधारणसभा बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रदीप उदयको अध्यक्षतामा चैत ५ र ६ गतेसम्म साधारणसभा चलेको हो । साधारणसभामा नेपाली फिल्म र बक्सअफिस प्रणालीको बारेमा गम्भिर छलफल गरिएको छ । देशभरका हल सञ्चालकहरुले चलचित्र बिकास बोर्डले सुरु गरेको बक्सअफिस सिस्टमलाई सकारात्मक रुपमा लिएका छन् ।

त्यस्तै, बोर्डको निर्धारित समयमा नै बक्सअफिस प्रणाली लागू गर्न सबै हल ब्यवसायी सहमत देखिएका छन् । बुटवलमा सम्पन्न साधारणसभामा बोल्दै अध्यक्ष उदयले नेपाली हलहरुलाई आगामी दिनमा मर्यादित तवरले अगाडि बढाउने र समय–सापेक्ष हलहरु ‘अपग्रेड’ गर्दै लैजाने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा मौलिक कथामा फिल्म निर्माण गर्न सके फिल्म क्षेत्रले आफ्नो परिभाषा पाउने र केही हदसम्म फड्को मार्ने विश्वास व्यक्त गरे । साधारणसभामा सहभागी अधिकांशले नेपाली फिल्मको गुणस्तर सुधार्नु पर्ने र सिनेमा घरहरुको गुणस्तरियतामा ध्यान दिनुपर्नेमा चासो व्यक्त गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video