‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा विदेशी कलाकारले मच्चाए यस्तो उधुम (भिडियो)

काठमाडौं–
बिहिबार काठमाडौंमा एक भव्य कार्यक्रमका साथ अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण रहेको चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक चलचित्रको ट्रेलर निकै डरलाग्दो बनाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर चलचित्र बनाएको बताईन् ।

उनले भनिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सने अबस्था छैन, हरेकले नेचुरल खोज्ने गर्छन, तर, यो चलचित्रले जबर्जस्ती दर्शक तर्साउँदैन ।’ अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई यो चलचित्रको मुख्य कथा बनाइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको हो चलचित्रको बजेट २ करोड भएको बताइएको छ । अर्पण थापाले चलचित्रलाई निर्देशन गरेका हुन् । नेपालमा कमै मात्र हरर जनरामा चलचित्र निर्माण हुने गरेकोमा पछिल्लो चलचित्र नै ‘सुनकेसरी’ हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका ऋचा शर्मा,निर्देशक तथा अभिनेता अर्पण थापा, नेपालमा चलचित्र ‘सुनकेसरी’ को बारेमा प्रेस मिट भैरहदा उता अष्ट्रेलियामा पनि सोही समयमा चलचित्रको बारेमा प्रेश मिट भैरहेको निर्माण टिमले जनाएको थियो । कार्यक्रममा विदेशी कलाकार समेत रहेका तथा चलचित्रको लगानिकर्ता ईएनजे समेत उपस्थित रहेका थिए । अमेरिकादेखि नेपाल आएका उनले चलचित्रको सम्पादनको काम समेत गर्छन् ।

प्रष्ट नेपाली बोल्न समेत सक्ने इएनले यसअघि ‘आँपको अचार’ नामक नेपाली चलचित्र निर्माण गरिसकेका छन् । कार्यक्रममा ‘कोहलपुर एक्सप्रेस’ टिमका कलाकार केकी अधिकारी लगायतको उपस्थिति पनि रहेको थियो । अभिनेत्री केकीले चलचित्रलाई सफल्ताको समेत शुभकामना दिएकी थिईन् । उनले आउदो १० बर्षसम्म हरहर चलचित्र नबनाउने समेत बताईन् ।

ट्रेलर हेर्नुसः

मनोज अधिकारी निर्माता रहेको चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको मुख्य अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् । शर्मिला सापकोटा र धर्मराज अधिकारी चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ । रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको चलचित्र जेठ ११ गते देखि प्रदर्शनमा आउने बताईएको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video