हट्टी नट्टी अनुपले खोलिन साम्राज्ञी र नाजिरको नट्टी पोलः सुटिङमा यस्तो सम्म पनि भएछ ! (भिडियो)

काठमाडौं–
हट्टी नट्टी अनुपले अहिले निकै प्रतिक्षित चलचित्र ‘तिमीसँग’ शुटिङताकाका अभिनेता नाजिर हुसेन र साम्राज्ञीका नट्टी कुरा खोलिदिएर दुबैजनालाई पानी पानी बनाईदिएकी छीन् । निकै हट र नट्टी कुराबाट अनुपले दुबै जनासँग कुरा सुरुवात गरेकी छन् । चलचित्र ‘तिमीसँग’ मा स्वयम् अनुपमको पनि अभिनय रहेको छ । त्यसैले अनुपले उतिबेला चलचित्रको छायांकनका बेला नाजिर र साम्राज्ञीले गरेका नट्टी कुरा सम्झाउदा दुबै जना रातो पिरो भएका थिए ।

चलचित्रको शुटिङका बेला नाजिरले आफूलाई कता कता छोएको भन्दै कुरा गर्दा नाजिर लाजले मुन्टो बटार्दै थिए । साम्राज्ञी र नाजिरको शुटिङका बेला भएको कुराकानीलाई अनुपले सकेसम्म सम्झाउने प्रयास गरेकी थिईन् । दुबै जनाले एक अर्कालाई निकै सहयोगी र मिल्ने साथीको रुपमा परिचित गराउदा, अनुपमले म पनि त तिमीहरुको मुटुकै टुक्रा हौ भनेका थिईन् । शुटिङको बेला नाजिरले सँगै लञ्च नगरेकोमा अनुपमले निकै दुःख व्यक्त गरेकी थिईन् । नाजिरसँग रोमान्स गर्दा साम्राज्ञीलाई नरिसाउन अनुपले आग्रह गर्दैथिईन् । साम्राज्ञीले नाजिरको सबै कुरा राम्रो छ त्यमा पनि मुड अफ भएकोबेला निकै हँसाउन सक्ने भन्दै प्रशंसा समेत गरिन् ।

तर, उसको चकचके बानी आफूलाई मन नपर्ने बताईन् । नाजिरले पनि साम्राज्ञीलाई चकचके भएको आरोप लगाए तर, फ्रेन्ड्ली भएको पनि बताए । शुटिङको बेला सबै मिलेर बदमासी गरे पनि, साम्राज्ञीको साथी सु सु गर्न जाँदा लडेको तर, नाजिर बचाउन जान्छु भन्दा उ पनि चिप्लेको र आकाश पनि गएपछि बल्ल उठाउन सकेको बताउदा निकै हाँसो गुन्जिएको थियो ।

शुशील क्षेत्रीको छायांकन रहेको गीतमा अन्नपूर्ण बेशक्याम्पको सौन्दर्यलाई निकै रचनात्मक तरिकाले क्यामेरामा कैद गरिएको छ । कोरियोग्राफीमा शिशिर खातीको मिहिनेत निकै उत्कृष्ट रहेको छ जसको कारण आकाश र साम्राज्ञीको जोडी आकर्षक देखिएको छ । राहुल मुखर्जीले संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको आबाज रहेको छ ।
‘तिमीसँग’ को अडियो पनि सार्वजनिक गरिएको छ ।

नायक आकाश श्रेष्ठ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ गीतको लोकेशन, मेकिङ तथा प्रस्तुति निकै उत्कृष्ट छ ।यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलर ६ लाख बढी दर्शकले युट्युबमा हेरिसकेकाले सार्वजनिक यो गीत पनि हिट हुने निर्माण युनिटको विश्वास रहेको छ । चैत २३ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘तिमीसँग’ मा आकाश र साम्राज्ञीको अलवा नाजिर हुसेन, सुनिल वि।क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्मका लेखक, निर्माता र निर्देशक सबै बिधामा शिशिर राणा रहेका छन् । चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । पटकथामा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको भूमिका रहेको छ । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा चलचित्रमा देख्न सकिन्छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video