देशैभरका सिनेमा हलमा ‘शत्रु गते’ कै चर्चा (भिडियो)

काठमाडौं–
चलचित्र निर्माणताकादेखि नै निकै चर्चा कमाउन सफल चलचित्र ‘शत्रु गते’ लामो प्रतिक्षालाई तोड्दै आजदेखि देशैभर प्रदर्शनमा आएको छ । सामान्यतया ‘फ्राईडे रिलिज’ अन्तरगत तीनदेखि चारवटा नेपाली चलचित्र रिलिज हुने ट्रेन्ड चलिरहेकाबेला ‘शत्रु गते’ भने सिंगल रुपमा देशैभर प्रदर्शनमा आएको हो ।

यो चलचित्रले सोलो रिलिजका मूलुकभरका करिब १ सय १० बढी हल पाउन सफल भएको हो । यस्तै, राजधानीका मल्टिप्लेक्समा पनि फिल्मले उच्च शो पाएको छ ।फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

त्यस्तै ‘शत्रु गते’ को एडभान्स बुकिङ पनि निकै आक्रामक छ रहेको छ । यही हिसाबले जाने हो भने यो चलचित्रले दैनिक १ करोडभन्दा माथिको व्यापार गर्ने अनुमान निर्माण टिमको रहेको छ । उक्त फिल्मले ‘छक्का पञ्जाड को १६ करोडको एतिहासिक व्यापारिक रेकर्ड तोड्न सक्ने आँकलन गरिएको छ ।

चलचित्रको ट्रेलर तथा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीतले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ । त्यस्तै, चलचित्रको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले चलचित्र धेरैको प्रतिक्षित बन्न सफल भएको हो ।

मह सञ्चारको ब्यानरमा निर्मित तथा किरण केसीको प्रस्तुती रहेको चलचित्रमा सामाजिक कथा तथा विवाहमा बाधक बन्ने पात्रहरूको कथालाई समेटिएको छ । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

हाँस्य क्षेत्रका बहुसंख्यक कलाकारको अभिनय रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ र हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रको तराई र काठमाण्डौमा छायांकन गरिएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video