बन्ने भो ‘कृ’ को सिक्वेल ‘कृ २’, अनमोल दोहोरिने निश्चित

काठमाडौं–
यो बर्ष निकै चर्चा कमाउन सफल ‘कृ’ को अर्को सिक्वेल पनि बन्ने पक्का भएको छ । युवा स्टारर अनमोल केसी को एक्सन अबतारका साथै फरक गेटअपले निकै चर्चा कमाउन सफल ‘कृ’ को सफल्तासुँगै ‘कृ २’ को निर्माण गर्न लागिएको हो । युवा स्टार अनमोलले ‘कृ २’ मा काम गर्ने समेत टुंगो लागिसकेको छ । अनमोल अब चाँडै आफ्नो छैटौँ फिल्म ‘क्याप्टेन’ को सुटिङमा व्यस्त हुने तयारीमा रहेका छन् । दीवाकर भट्टराईले निर्देशनमा बन्न लागेको चलचित्रमा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । भुवन केसी यो चलचित्रको निर्मातामा हुन् ।

‘क्याप्टेन’ पछि ‘कृ २’ लाई अनमोलले समय तय गरिसकेको मौखिक जानकारी निर्माण टिमलाई दिइसकेका छन् । अगाडि ‘कृ’ प्रदर्शनका लागि जापान उड्ने क्रममा निर्माता सुवास गिरी र अनमोलवीच यस विषयमा मौखिक कुराकानी भएको स्रोतको दाबी छ ।

‘कृ’ को कथा सिक्वेल निर्माण गर्ने गरि नै छाडेको निर्माता गिरीले बताए । उनले अनमोल फेरि ‘कृ २’ मा दोहोरिने समेत प्रष्ट पारे । उनका अनुसार अरु सबै नयाँ हुन सक्छन् । वर्ष २०७६ मा फिल्म रिलिज गर्ने तयारीमा निर्माता गिरी छन् ।

सुवास गिरीको मात्र लगानी रहने चलचित्रको अधिकांश छायांकन यूकेमा हुने बताईएको छ । ‘कृ’ अन्त्य भएको स्थानबाटै सिक्वेलको कथा सुरु हुने निर्माता गिरीको भनाई छ । चलचित्रको निर्देशन कसले गर्ने टुंगो लागेको छैन । यद्यपि, ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेल दोहोरिने सम्भावना न्युन रहेको स्रोतले बतायो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video