शुक्रबार ‘शत्रु गते’ को ग्रस कलेक्सन ७० लाख, मल्टीप्लेक्सको ‘एग्रेसिभ’ व्यापार(भिडियो)

काठमाडौं–
शुक्रबारदेखि प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ ले पहिलो दिनमै अल नेपाल ७० ग्रस कलेक्सन गरेको छ । प्राप्त बक्स अफिस रिपोर्ट अनुसार पहिलो दिन चलचित्रले मोफसलमा १८ लाख ३३ हजार ७ सय ९३ रुपैयाँ र राजधानीमा ५० लाख ६७ हजार ६ सय २८ रुपैयाँको कारोबार गदै कुल ६९ लाख १ हजार ४ सय २१ रुपैयाँ कारोबार गरेको हो ।

तर, उक्त कारोबार अपेक्षा गरिए भन्दा तथा फोरकाष्ट गरेको भन्दा ५० प्रतिशतले कम हो । यद्यपि, दर्शक दिर्घाबाट आएको प्रतिक्रिया हेर्दा शनिबार देशैभर आक्रमक कलेक्सन गर्ने अपेक्षा निर्माण टिमले राखेको छ । कलाकार किरण केसीको प्रस्तुतिमा मह जोडीको टिमले निकै लामो समयपछि निर्माण गरेको ‘शत्रु गते’ ले राजधानीका सवै मल्टीप्लेक्स हलमा उच्च ओपनिङग गर्दै ७० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको थियो । ठूलो कलेक्सन हुने साईडका हलहरु गोपीकृष्ण मुभिज, अष्टनारायण पिक्चर्स र गुण सिनेमामा लगायतका हलमा ४५ प्रतिशत मात्रै अकुपेन्सी कायम गरेको छ । सिंगल स्क्रिन तर्फ विश्वज्योति हलको कलेक्सन निकै प्रशंसनिय छ ।
उता मल्टीप्लेक्स तर्फ क्यू.एफ.एक्स चेनको कलेक्सन एक नम्बरमा छ भने दोश्रोमा विग मुभिज, तेश्रोमा वि.एस.आर, चोथोमा एफ.क्यूब,पाँचौमा क्यूज सिनेमा र छैठोमा सिने द सेफ रहेका छन् । यस्तै सिंगल स्क्रिन कै कोटिमा पर्ने गोपीकृष्ण मुभिज एक नम्बर,दोश्रोमा अष्ट र तेश्रोमा गुण सिनेमाको कलेक्सन देखिएको छ ।

तर, राजधानीमा ठूलो अपेक्षा राखिएको अष्टनारायण पिक्चर्समा यो फिल्मले गरेको कलेक्सन डिजास्टरनै छ । यस्तै मोफसल तर्फ पनि अपेक्षा भन्दा कम व्यापार गरेको छ यो फिल्मले । करिब ८५ वटा हल पाउँदा मोफसलमा यो फिल्मले १८ लाख मात्र कारोबार गर्नु सोचे भन्दा कमजोर व्यापार हो ।शुक्रबार चलचित्र हेरेका दर्शकको प्रतिक्रिया हेर्दा चलचित्रलाई हेर्न लायक भनी प्रतिक्रिया दिएका छन् । दर्शकको भनाई अनुसार चलचित्रले धेरै ठाउँमा हसाउँछ । उनीहरुका अनुसार दीपकराज गिरीको पावरफूल रोल र हरिवंशको कमेडीले फिल्मलाई अब्बलपुरै ईन्टरटेनिङ बनाईदियो । यस्तै दर्शकले यो चलचित्रको डाईलग र क्लाईमेक्सलाई ज्यादा रुचाएको पाईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video