नेपालका सिनेमा हल बने शत्रु गतेमय, हलमा पुगेका कलाकारसँग सेल्फी खिच्न दर्शकको ओईरो (भिडियो)

काठमाडौं–
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘शत्रु गते’ शनिबारसम्म आईपुग्दा निकै चर्चा परिचर्चा कमाउन सफल भएको छ । शुक्रबार ७० लाख ग्रस कलेक्सन गरेको चलचित्रले शनिबार त्यस्को दोब्बर व्यापार गर्ने निर्माण टिमले अपेक्षा गरेको छ । शनिबार कलाकार लगायत निर्माण टिम गोपीकृष्ण हलमा पुगेका थिए । शनिबार बिहानैदेखि सम्पूर्ण नेपालका हलहरु हाउसफुल रुपमा चलेको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले जानकारी गराए । उनले दर्शकहरु हलमा मात्रै उपस्थित भएका छैनन् उनीहरुले धेरै बर्षपछि राम्रो चलचित्र हेर्न पाएको बताए । त्यस्तै, चलचित्रमा हरिवंश, दिपकराज तथा दिपकराजको कुनैपनि डाईलग खेर नगएको बताए । त्यति मात्रै होईन पल र आँचलको प्रेम समेत खेर नगएको उनको भनाई छ ।

त्यस्तै, अभिनेता पल शाहले दर्शकहरुको मायाँले आफू निकै खुशी भएको कुरा व्यक्त गरेका थिए । । अभिनेत्री दीपाश्री निरौला र प्रियंका कार्कीले आफूहरुले निकै दःख गरेर खेलेको चलचित्र दर्शकहरुले मन पराउदा आफूले गरेको कामको मूल्य पाएको उनको भनाई छ । उल्लेख्य दर्शकको माझ उपस्थित अभिनेता पल शाहलाई दर्शकहरुले उचालेर स्वागत गरेका थिए । त्यस्तै, नायिका आँचलले आफ्नो प्रसनल क्यारेक्टर र अभिनयलाई दर्शकले मन पराउदा निकै खुशी लागेको बताईन् । त्यस्तै, चलचित्रका निर्माता हरिवंश आचार्यका छोरा मोशतबंश आचार्य तथा किरण केसीका छोरा सुदन केसी समेत हलमा उपस्थित भएका थिए ।

उनीहरु पनि चलचित्रमा प्रतक्ष्य या परोक्ष्य ढंगले सहभागी भएका छन् । उनीहरुले पनि चलचित्रको सफल्ताले निकै खुशी व्यक्त गरे । अभिनेता,हरिबंश आचार्य, किरण केसी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकार उपस्थित भएका थिए । बिशेष गरेर युव पुस्ताका माझ लोकप्रिय कलाकार पल र आँचलसँग सेल्फी खिच्नको लागि दर्शकको भिड लागेको थियो । आजको बिशेषता भनेको दीपाश्रीदेखि पलसम्म कलाकार लगभग बल्याक ड्रेस लगाएर हलमा पुगेका थिए । अभिनेता हरिबंश आचार्यले करिब १६÷१७ बर्षपछि यो खुशी आएको बताए । उनले दर्शकहरुले आफ्नो प्रस्तुति निकै मन पराएको बताए । चलचित्रको ब्यापार पहिलो दिन कस्तो होला भन्ने लागेकोमा आजको व्यापार निकै बढ्ने देखेको हरिबंशको भनाई छ ।

त्यस्तै, गोपीकृष्णका तिर्थ पौडेलले चलचित्रको ब्यापार निकै सन्तोषजनक भएको बताए । उनले दर्शकले हेर्नुहुन्छकि हेर्नुहुन्न भन्ने लागेकोमा ‘शत्रु गते’ ले आफूहरुले सोचे भन्दा राम्रो ब्यापार गरेको बताए । कुम्भ मेला जस्तो दर्शकको उपस्थितिमा कलाकारसँग सेल्फि खिच्न दर्शक ओईरिएका थिए । निकै प्रतिक्षित चलचित्र भएकाले यो चलचित्र हेर्न दर्शकहरुको भिड लाग्ने अनुमान निर्माण टिमले पहिले नै गरेको थियो । अहिले नेपालभरका सबै हलमा दर्शकको उपस्थितिले निर्माण टिम निकै हौसिएको देखिन्छ ।
मह सञ्चारको ब्यानरमा निर्मित तथा किरण केसीको प्रस्तुती रहेको चलचित्रमा सामाजिक कथा तथा विवाहमा बाधक बन्ने पात्रहरूको कथालाई समेटिएको छ । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

हाँस्य क्षेत्रका बहुसंख्यक कलाकारको अभिनय रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ र हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रको तराई र काठमाण्डौमा छायांकन गरिएको हो ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video