प्रदिपले आफ्नो पहिलो कमाईबारे मुख खोल्दा जसिताले खोलिन आफ्नो पहिलो प्रेम (भिडियो)

काठमाडौं–
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लिलिबिली’ का दुई स्टारर प्रदिप खड्का र जसिता गुरुङ यतिबेला चलचित्रको प्रमोशनमा निकै व्यस्त देखिएका छन् । उनीहरुले यसअघि सार्वजनिक पोष्टर, गीत र ट्रेलरको प्रतिक्रिया हेर्दा चलचित्र राम्रै चल्ने अपेक्षा समेत राखेका छन् । चलचित्र ‘लिलिबिली’ बाटै चलचित्र क्षेत्रमा डेब्यु गरेकी जसिताले आफूलाई चलचित्रको प्रदर्शन नजिकिएसँगै क्युरिसिटी तथा एक्साईटेड भैरहेको बताईन् । सायद पहिलो चलचित्र भएर पनि होला उनले आफूलाई नर्भसनेस समेत भएको जनाईन् । अभिनेता खड्काका अनुसार यो चलचित्र गर्नु अघि दबैजनाको बीचमा कुनै चिनजान समेत थिएन । पहिलो पटक भेट हुँदा जसितालाई प्रदिपले हेल्लो गर्दा जसिता लाजले अर्को कोठामा गएको अहिले पनि याद गर्छिन् । प्रदिपलाई भेट्नुभन्दा पहिला चलेको आर्टिष्ट कस्तो होला भनेर बोल्नै डर लागेको जसिताले बताईन् ।

उता प्रदिपले पनि आफूलाई जसिता एकदमै इन्नोसन्ट टाईपको लागेको बताए । रिल लाईफ बाहेक रिएल लाईफमा आफूहरु गुड रिलेसनम रहेको प्रदिपले बताए । रोमान्टिक मुडमा सगै काम गर्दा आफूलाई अलि अड लागेपनि प्रदिपको सहयोगले सजिलो भएको जसिताले बताईन् । शुटिङको समयमा आफू निकै ख्याल गर्ने र आफ्नो जिस्कने बानी नभएको प्रदिपको भनाई छ । प्रदिपले जसिताको सबैभन्दा राम्रो बानी नखर नगर्ने भएको बताईन् । तर, उनले कसले के गर्दैछ भनेर बुझ्न नसक्ने बानी अलि आफूलाई मन नपर्ने बताए । फूर्सदको समयमा के गरेर व्यस्त हुने भन्ने सोच्ने प्रदिपले बताए ।

प्रदिपले आफ्नो प्रतिस्पर्धीको चलचित्रबाट के सिक्न सकिन्छ भनेर हेर्ने तर कम्पिटिटरको रुपमा नहेर्ने बताए । जसिताले प्रदिप बाहेक अरु कोसँग रोमान्टिक सिन गर्न कम्फर्ट होला भनेर सोंचाईनै नआएको बताईन् । तर, उनले निर्माता निर्देशकले जोसँगको जोडी मिल्ने बताउछन् उनीहरुसँग पक्कै पनि रोमान्टिक सिन गर्ने उनको भनाई छ । प्रदिपले आफ्नो बिहे भएको र घरमा छोरा छोरी छ रे भन्ने समाचार सुन्दा यो कसरी भएछ भन्ने लागेको बताए । जसिताले आफ्नो पहिलो प्रेम बाबु आमालाई भएको बताईन् । त्यस्तै अभिनेता प्रदिप खड्काले ७÷८ क्लासमा पढ्दै पहिलो कमाई ८ हजार पारिश्रमिक पाएका थिए रे । त्यो उनको पहिलो कमाई समेत रहेको प्रदिपको भनाई छ ।
मिलन चाम्स निर्देशत ‘लिलिबिली’ मार्फत चिनजान भएका प्रदिप र जसिताको केमेस्ट्री निकै मिलेको सिने जगतमा चर्चा परिचर्चा समेत हुने गर्छ । यतिबेला दुबै जना चलचित्रको प्रमोशनमा लागेका छन् । चलचित्रमा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुदिप बरालको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि।सीको सम्पादन रहेको छ ।
भिडियो हेर्नुसः

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video