‘लिलिबिली’ को ‘हावा सरी’ मा कम्मर मर्काउदै प्रदिप र प्रियंका (भिडियो)

काठमाडौं–
युवा स्टार प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ को तेस्रो गीत सार्वजनिक भएको छ । आज सार्वजनिक ‘हावा सरी’ बोलको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ छन् । प्रेमभाव बोको यो गीत टर्कीको स्तानबुलमा खिचिएको हो । प्रदीप र प्रियंकाको केमेष्ट्री भन्दा भिडियोमा लोकेशन खिच्नमा अली बढी ध्यान दिउको देखिन्छ । सुदिप बरालले चलचित्रलाई खिचेका हुन् । गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका छन् ।

कोरियोग्रोफी कविराज गहतराजले गरेका छन् । चलचित्रमा दिदी–भाई देखिने चर्चा भएका अभिनेता प्रदीप खड्का र प्रियंका कार्कीलाई पछि त्यो सम्बन्धमा नदेखाईएको हो । सार्वजनिक गीतका शब्द बुझ्न मुश्किल पर्छ यद्यपि, गीतको लोकेशन, खिचाई भने उत्कृष्ट छ । प्रदीप र प्रियंकाको जोडी सुहाएको छ । यसअघि सार्वजनिक ट्रेलरमा मात्र ३ सेकेण्ड अटेकी प्रियंकाले गीत हेर्दा भने आनन्द आएको बताउछिन् । राजधानीमा आज बिशेष कार्यक्रममा बोल्दै प्रदीपले गीत जस्तै चलचित्र पनि सुन्दर बनेको बताए ।

गोविन्द शाही र सुदिप खड्का निर्माता रहेको चलचित्र स्कटल्याण्ड, नेपाल र लन्डन पनि खिचिएको हो । मिलन चाम्सले निर्देशन गरेको चलचित्र चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा प्रदिप र प्रियंकाको अलवा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video