प्रेस मिटमै प्रदिपले यसरी छुट्टयाए प्रियंका र जसिताबीचको अन्तर, कार्यक्रममै यस्तो हंगामा (भिडियो)

काठमाडौं–
आइतबार चलचित्र ‘लिलिबिली’ को तेस्रो गीत ‘हावा सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । युवा स्टारर प्रदिप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ गीतमा एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका छन् । चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । उक्त गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
आइतबारको गीत सार्वजनिक कार्यक्रममा संगीतकार एसडी योगीको जन्मदिन समेत मनाईएको हो । संगीतकार योगीको जन्मदिन परेकाले केक काटेर कार्यक्रमको सुरुवात गरिएको हो ।

गीत हेर्नुसः

आजको गीत सार्वजनिक कर्यक्रममा पत्रकारले नायिका प्रियंका कार्कीलाई ट्रेलरमा जम्मा ३ सेकेण्ड देखाएको बारे प्रश्न गर्दा प्रियंकाले जवाफ नदिदै निर्देशक मिलन चाम्सले जवाफ दिएका थिए । निर्देशक चाम्सले स्टार भैसकेकी हुनाले मिलन चामसलाई ३ सेकेण्ड भए पुग्ने बताए । आज सार्वजनिक गीत नेपाल आइडलमा भिडेर चर्चा कमाउन सफल सुरज थापा र मेनुकाले गाउने भए पनि रेकर्डिङको समयमा सुरज लण्डन जानुपर्ने भएकाले मेनुकाले मात्रै गाउनु परेको निर्देशक चाम्सले बताए ।

गीत सार्वजनिक कार्यक्रममा दुई नायिका प्रियंका र जसिताको बीचमा उभिएका प्रदिपलाई पत्रकारले प्रियंका र जसिताको बारेमा के फरक पाउनु भयो भनेर सोधेपछि उनलाई उत्तर फर्काउन निकै अफ्ठेरो परेको थियो । अभिनेता प्रदिपले प्रियंका अनुभवी तथा जसिता सिक्दै गरेकोले फरक फरक अनुभव भएको बताए । चैत ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको निर्मातामा गोविन्द शाही र सुदिप खड्कासँगै स्वयम् निर्देशक चाम्स पनि रहेका छन् । यो चलचित्र स्कटल्याण्ड, नेपाल र लन्डनमा पनि खिचिएको हो । चलचित्रमा प्रदिप र प्रियंकाको अलवा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video