एलिजाको बर्थडे पार्टीमा धमलाको उदघोष्ः ‘बालुवाटारमै पुगेर सञ्चारकर्मीसगै प्रधानमन्त्री ओलीलाई फिल्म देखाउछु’ (भिडियो)

काठमाडौं–
चर्चित पत्रकार ऋषि धमलाले आफ्नी श्रीमती एलिजा गौतमको बर्थडे पार्टी धुमधामका साथ मनाईदिएका छन् । पछिल्लो समय चलचित्र ‘ अनुराग’ निर्माण गरेकी धमला पत्नी एलिजा नायिका समेत हुन् । केही आफन्त र सञ्चारकर्मीका माझ पत्रकार धमलाले श्रीमती एलिजाको जन्मदिन पार्टी मनाएका हुन् ।

आफ्नो जन्मदिन पार्टीमा अलि गल्यामरस पहिरनमा सजिएकी धमला पत्नीलाई देख्ना साथ सञ्चारकर्मीले धमलालाई अरु नायिकाले छोटो पहिरन लगाउदा खण्डन गर्ने आफ्नै श्रीमतीले लाउदा तपाईंले केही नभन्ने भनेर प्रश्न गरेका थिए ।

त्यस्को उत्तरमा धमलाले हाफूले नायिकाले लाउने पोसाकमा आफूले कुरा नउठाएको बताए । उनले स.सारका सुन्दरीहरुले लाउने पोशाकनै एलिजाले लगाएको बताए । छेरी र श्रीमतसँगै उपस्थित धमलाले आफूले छोरीलाई अत्यन्तै मायाँ गर्ने र छोरीले पनि आफूलाई उतिकै मायाँ गर्ने बताए । उनले आफ्नै श्रीमतीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘अनुराग’ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित सबै पत्रकारलाई बोलाएर देखाउने समेत बताए । धमलाले पत्नी एलिजालाई जनता जान्न चाहान्छन् तपाईं कति बर्ष हुनुभयो भनेर प्रश्न सोधेपछि बर्थडे पार्टीनै हाँसोले गुन्जिएको थियो ।

उक्तरमा श्रीमतीले २२ बर्ष पुरा २३ बर्ष लागेको बताउदा पत्रकार धमलाले सबैको सामू शुभकामना दिएका थिए । पत्रकार धमलाले सञ्चारकर्मीलाई साँछी राखेर आफ्नी श्रीमतीलाई शुभकामना दिएका थिए । धमलाले श्रीमतीको जन्मदिनको अबसर पारेर चलचित्र ‘अनुराग’ को समेत सफल्ताको कामना गरे ।

पत्रकार धमलाले उनको लोकप्रिय कार्यक्रम ‘धमलाको हमला’ श्रीमती एलिजा सहित चलचित्र ‘अनुराग’को टिमलाई बोलाउने समेत प्रतिवद्धता व्यक्त गरे । उक्त बर्थडे पार्टीमा कलाकार निर्मल शर्मा, तथा अनुरागकका कलाकार समुन्द्र पण्डित,ठिलेंन लामा लगायतको उपस्थिति थियो ।

एरिका फिल्मसद्वारा निर्माण भएको चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । चलचित्रमा किरण दाहालको कथा रहेको छ भने निर्देशक चौलागाईको पटकथा र संवाद रहेको छ । चलचित्रलाई भरत गौतम र गीता भेटवालले निर्माण गरेका हुन् । चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र जेठ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video