‘नाईँ नभन्नू ल –५’ बाट बर्षा ‘आउट’, आखिर के कारण हो ?

काठमाडौं–
नायिका बर्षा शिवाकोटी ‘नाई नभन्नू ल – ५’ बाट ‘आउट’ भएकी छिन् । उनी निर्माण टिमले खेलाउन चाहादा चाहादै पनि चलचित्रमा सुरुदेखि निरन्तर अभिनय गर्दै आएका अनुभव रेग्मीका कारण चलचित्रबाट बाहिरनि पुगेकी हुन् । प्रोडक्सन टिमको चाहना पनि थिईन्, स्वयम बर्षा पनि यो फिल्म खेल्न ठूलो ईच्छा देखनएकी थिईन् तर, सो फिल्मका चाईल्ड स्टार अनुभव रेग्मीले उनलाई नखेलाउँन निर्देशक विकास आचार्यलाई ठूलै दवाव दिएपछि उक्त रोलबाट बर्षाले हात धुनु परेको हो । तर, नाईँ नभन्नू ल– ५ मा बर्षा शिवाकोटीले स्वस्तिमा खड्काको फुपुको रोल गर्नु परेका कारण उक्त फिल्म छाडेको भन्ने हल्ला पनि चलेको छ । तर, त्यो गलत हल्ला मात्रै हो ।
अनुभवले यसकारण बर्षासँग खेल्न मानेनन्
गत मंसिर महिनामा भैरे फिल्मको सुटिङ मुस्ताङमा भईरहदा बर्षाले अनुभवलाई पटक( पटक मिस विहेभ गरेकी थिईन् र सोही कारण अनुभवले बर्षा शिवकोटीसंग फिल्म खेल्न नमान्दा बाध्य भएर प्रोडक्सन टिमले उनलाई नाईँ नभन्नू ल ५ मा खेलाउँन नसकेको हो । अर्थात एग्रिमेन्ट हुने अन्तिम समयमा उनी उक्त प्रोजेक्टबाट रिजेक्ट भएकी हुन । जसको एक मात्र कारण अनुभव रेग्मी हुन ।
बर्षा र अनुभव दुवैले संगै खेलेको फिल्म भैरेको सुटिङ अप्पर मुस्ताङमा हुने क्रममा हाई अल्टिच्यूड (लेक लाग्दा ) अनुभवले निकै भोमिट (बान्ता) गरेका थिए त्यसकारण विरामी अनुभव होटल फर्किने बेला गाडीको ड्राईभर पछाडीको पहिलो पङ्तीको सिटमा बस्न खोजेका थिए तर बर्षाले उनलाई त्यहाँ बस्न दिईनन् र विरामी अनुभव गाडीको लाष्ट सिटमा बसेर जोमसोम झरे ।

त्यस पश्चात जब होटल पुग्यो यूनिट तव प्रोडक्सनले बर्षा सहित अर्की हिरोइन सुरक्षा पन्त र एक महिला हेयर ड्रेसर सहित अनुभव र उनकी मम्मी गरी पाँच जनालाई एउटै रुमको ब्यवस्था गरिदिएको थियो तर, बर्षा र सुरक्षाले आफूहरुलाई प्राईभेसी चाहिने भन्दै निकै विरामी भएर उक्त रुममा सुतिरहेको अनुभवलाई रातको दश बजे अर्को होटलमा स्थानतरण गरिदिएपछि बर्षासंग अनुभव पूर्ण रुपमा रुष्ट भएका हुन ।

र सोही कारण अनुभवले नाईँ नभन्नू ल–५ मा बर्षा लाई खेलाउँने भए आफू यो फिल्म कुनै पनि हालतमा नखेल्ने भनी निर्देशक आचार्यसंग अडान लिएपछि आचार्यले बाध्य भएर अर्की हिरोइन खेलाउँने तयारी गरेका छन् । तयारी अनुसार सम्भवत बर्षा शिवाकोटीको रोलमा अब बर्षा राउत भित्रिनेछिन् ।

यस पटक अनुभवको जोडी भएर डेब्यू गर्न लागेकी चाईल्ड एक्ट्रेस् सेड्रिना शर्माको आमाको भूमिकामा प्रियंका कार्की र बाबुको भूमिकामा दीलिप रायमाझी हुनेछन् भने अनुभवको आमाको भूमिकामा चाँहि कुनै एक चर्चित हिरोइन र फुपुको रोलमा अर्की एक हिरोइन हुनेछिन् । जुन रोल (अनुभवको फुपुको रोल) का लागि बर्षा शिवाकोटी काष्ट हुने बाला थिईन । यस्तै अनुभवको ठूलो हुँदाको भूमिकामा चाँहि नयाँ हिरो अभिषेक नेपाल हुनेछन भने अभिषेकको अपोजिट स्वस्तिमा खड्का देखिनेछिन् । यो फिल्मबाट डेब्यू गर्न लागेकी सेड्रिना शर्मा चाँहि स्वस्तिमा खड्काको चाईल्ड रोलमा देखिनेछिन् ।

यसै हप्ता फ्लोरमा जाने तयारीमा रहेको उक्त फिल्ममा केकीले बर्षा शिवाकोटीलाई खेलाउने भनिएको भूमिका निर्वाह गर्ने गरी साईन गरेकी हुन । फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धी तामाङ्ग,जयनन्द लामा जस्ता अभिनयमा धुरन्धुर रहेका चिरपरिचत कलाकार खेल्दैछन् भने नयाँ हिरो तर्फ अभिषेक नेपालले डेब्यू गर्दै छन् शनिबार विधिवत रुपमा शुभ मूर्हत गरिएको उक्त फिल्मको आज सोमबार देखि पूर्वको ईलाम तथा झापा बाट सुरु हुँदैछ आउँदो बर्षको भदौं ८ गते चलचित्रलाई प्रदर्शन गर्ने तयारी निर्माण टिम लागेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video