आईतबार पनि ‘शत्रु गते’ को ब्यापार उस्तै आक्रामक, यस्तो छ तीन दिनको कमाई

काठमाडौं–
यतिबेला चलचित्र ‘शत्रु गते’ यूनिट र त्यसमा अभिनय गर्ने कलाकार बधाईका पात्र बनिरहेका छन् । सर्वसाधारणको मुखदेखि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल भरी चर्चा परिचर्चा ‘शत्रु गते’ कै सुन्न पाईन्छ । रिलिजको तेश्रो दिनमै चलचित्रको ब्यापार निकै अब्बल सावित हुन पुगेको छ । रिलिजको तेश्रो दिन समेत देशभरिबाट १ करोड ५ लाख बराबरको ग्रस कलेक्सन भएको छ । जसले चलचित्रले तीन दिनमै तीन करोड क्लबमा प्रवेश गर्न सफल भएको हो ।फिल्मले पहिलो दिन ७० लाख दोश्रो दिन १ करोड २६ लाख र आज तेश्रो दिन १ करोड ५ लाख बराबरको ग्रस कलेक्सन गरेसंगै फिल्मको तीन दिने कूल ग्रस कलेक्सन ३ करोड ३१ लाख ८७ हजार ७ सय ९१ रुपैयाँ पुगेको छ ।

फिल्मले हिजो शनिबारको तुलनामा आज आईतबार २१ लाख रुपैयाँ मात्र कम कारोबार गर्नु भनेको अत्यन्त प्रसंसनीय कलेक्सन हो । तसर्थ यो फिल्म पनि यस बर्षको एक ब्लकबष्टर फिल्मको सूचिमा पर्ने निश्चित भएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र मह जोडीले निर्माण गरेका हुन् । शत्रु गते क्रेज हेर्दा आईतबारको चैते दसैं शत्रु गते दसैंका रुपमा जस्तै देखियो । विशेष गरी यो फिल्मले शनिबार मोफसलमा जति कलेक्सन गरेको थियो त्यसको अन्तरमा आईतवार ५ लाख मात्र कम कारोबार गर्‍यो भने राजधानीमा १६ लाख मात्र कम कारोबार गरेको छ । देशैभरिका प्रमुख हलसञ्चालकहरुले जनए अनुसार उनीहरुले दर्शकबाट आएको बलियो वर्ड अफ माउथ कारण फिल्मको व्यापारको गति तत्काल ड्रप अवस्था देखिदैन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video