‘‘रेस ३’ ले बनायो नौलो रेकर्ड, रिलिज अगावै करोडौं विजनेश

काठमाडौं–
बलिउड चलचित्र ‘रेस ३’ ले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गर्न सफल भएको छ । बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘रेस ३’को स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सलमानको मार्केट मूल्यले गर्दा फिल्मको राइट्स डबल रेटमा खरिद गरिएको बताईएको छ । यस कुराले फिल्मलाई रिलिज अगावै करोडौं फाइदा हुन पुगेको हो ।

चलचित्रको राइट्सका लागि पहिला ७५ करोडको अफर मेकर्सलाई दिइएको थियो तर टिमले उक्त प्रस्ताव अस्वीकार गर्‍यो । पछि सलमान खानको कारण चलचित्रलाई दोब्बर मुनाफासँगै १५० करोड मिल्न पुगेको हो । यसअघि बलिउड स्टार सलमानको पछिल्लो चलचित्र ‘टाइगर जिन्दा हे’ को स्याटेलाइट राइट्स ७० करोडमा विक्रि भएको थियो ।फिल्म ‘रेस ३’ मा बबी देओल, अनिल कपूर, ज्याकलीन फर्नान्डिज, डेजी शाह र साकिब सलीम जस्ता कलाकारको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video