दुई बर्ष हराएका निर्देशक प्रशन्न यस्तो अवस्थामा भेटिए, पत्रकारले प्रश्न गर्दा किन भए असिन पसिन ? (भिडियो)

काठमाडौं–
कुनै समय नेपाली सिने जगतका चर्चित निर्देशक प्रशन्न पौडेल सिने क्षेत्रबाट हराएको करिब दुई बर्ष भैसक्यो । दुई बर्षसम्म यो क्षेत्रसँग बेखबर जस्तै देखिएका निर्देशक पौडेल एकाएक राजधानीमा भेटिएका छन् । करिब दुई बर्ष भयो उनी अमेरिका बस्न थालेको । उनलाई तपाई सिने क्षेत्रमा क्रियाशिल हुनुहुन्न, देशमा पनि हुनुन्न भन्ने प्रश्नमा निर्देशक पौडेलले यो दुई बर्षमा ६ पटक नेपाल आईसकेको बताए । त्यति मात्रै होईन उनले करिब दुई बर्षमा ८० वटा म्युजीक भिडियोे निर्माण गर्नुका साथै एउटा फिचर फिल्म पनि बनाएको भन्दै आफू सिने क्षेत्रमै क्रियाशिल रहेको दलिल पेश गर्न पुगे ।

निर्देशक पौडेलले नेपालमा काम गर्दा गर्दा घरमा सुत्नलाई मात्रै जानुपर्ने व्यस्तताले गर्दा पनि माइन्ड फ्रेसका लागि देश छाडेको बताए । के नैरश्यताले, डिप्रेशन भएर हो तपाईं विदेशिएको हो भनेर पत्रकारले सोधेपछि निर्देशक पौडेलले उक्त कुरालाई सिधै इन्कार गरे । निर्देशक पौडेलले आफू सँगै त्यतिबेला काम गरेका निर्देशकहरु पनि अहिले क्रियाशिल रहेको उनीहरुले अहिले पनि हिट चलचित्र दिईरहेकाबेला आफूले पनि त्यो लायकको चलचित्र दिनसक्ने अबस्था आउने उनले तर्क गरे । तर, नेपालमा निर्माता, निर्देशक र सञ्चारकर्मीबीचको कोर्डिनेशनको कमीरहेको उनले बताए ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video