शत्रु गते हेर्न शिर्ष नेता देखी चर्चित कलाकारहरुको लर्को, दिए यस्तो प्रतिकृया ( फोटो / भिडियो )

काठमाडौं , गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ‘शत्रु गते’ले ब्यापार मात्र राम्रो गरिरहेको छैन , वर्ड अफ माउथ पनि राम्रै पाईरहेको छ । फिल्म हेर्न पुगेका अधिकाँसले यसलाई रुचाएका छन् । प्रदर्शनको तिन दिनमै ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको फिल्मलाई पछिल्लो समय हेर्ने चाहना दर्शकसंगै फिल्मकर्मी र राजनीतिज्ञमा पनि बढ्दो छ ।

प्रदर्शनको चौथो दिन फिल्म हेर्न नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल , देबेन्द्र पौडेल , ठाकुर गैरे , जीवन राम श्रेष्ठ पुगेका थिए । पुर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो ।

खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछी फिल्म ‘शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य , किरण केसी , दीपक राज गिरी , दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए । अधिकाँस राजनीतिज्ञ आफ्नो परिवार सहित फिल्म हेर्न आएका थिए । यसैगरि सोमबार नै सदाबहार नायक भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि फिल्म हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् । सोमबार नै फिल्म ‘राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरु आकाश श्रेष्ठ , केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्मा फिल्म हेर्न पुगेका थिए ।

फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

झलनाथ खनाल – फिल्म निकै रमाइलो बनेको छ । हासोले भरिएको छ भने हर चिजलाई हाँसोमा टुंग्याईएको छ । फिल्म आधुनिक छ । हसाउन सफल छ । फिल्मको चर्चा सुनेर आएको थिए , आफ्नो समय खेर फाले जस्तो लागेन । फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरे । फिल्मले मनोरंजनसंगै संदेश पनि दिन्छ । मह जोडीको काम उत्कृष्ट छ ।

भिम रावल – फिल्म रमाइलो बनेको छ । हामीले आफ्नो समय छुट्याएर आएका थियौ , त्यो खेर गएन । मह जोडीको काम तारिफ योग्य छ , फिल्म राम्रो र रमाइलो बनेको छ ।

भुवन केसी – फिल्म राम्रो बनेको छ । सबैको काम राम्रो छ । नयाँ पुस्तासंग पनि हरिवंश आचार्य फिट देखिएका छन् । निर्देशकले कलाकारको जम्बो टोलिलाइ राम्रोसँग फिल्ममा देखाएको छ । फिल्म रमाइलो छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video