‘लम्फू’ को गीत ‘सुको छैन यार’ को कभर डान्स प्रतियोगीता घोषणा

काठमाणडौं–
२०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को गीत ‘सुको नहोस् याँर’को कभर डान्स प्रतियोगिता घोषणा भएको छ ।

चलचित्र ‘लम्फू’को डिजिटल अधिकार लिएको हाईलाईट्स नेपालले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेलेinfo@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ । सुको नहोस् यारु हाईलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा रहेको छ ।

उक्त गीतको कभर भिडियोको विजेताले नगद रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने बताईएको छ । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा हुनेछ ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् ।

कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ुलम्फूुलाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video