‘चङ्गा चेट’ को शुभमुहूर्त, रियल ‘प्रेम जोडी’ आयुष्मान र प्रियंकाको स्क्रिनशेयर

काठमाडौं–
मंगलवार चावहिलको गणेस्थान मन्दिरमा पूजाआजा गर्दै चलचित्र ‘चङ्गा चेट’ को शुभमुर्हूत गरिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको मुहूर्त कार्यक्रममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायत कलाकारको सहभागीता रहेको थियो ।

माधव वाग्ले निर्माता रहेको चलचित्रको छायांकन काठमाडौं, धरान, जनकपुर लगयातका ठाउँमा गरिने निर्माण टिमले जनाएको छ ।डार्क कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा रियल प्रेम जोडी आयुष्मान र प्रियंकाले रोमान्स गर्ने बताएको छ । चलचित्रमा प्रियंका र आयुष्मानका अलवा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक खनालले करीब एक महिना  शुटिङ चल्ने यो चलचित्रले दर्शकलाई फरक ‘टेस्ट’ दिने प्रयासका साथ काम काम गर्ने बताए । उनले मेहनत गर्न कञ्जुस नगर्ने भएकाले आफूहरुले चाहेको जस्तो चलचित्र बन्ने विश्वास समेत व्यक्त गरे ।निरक कँडेलको छायांकन , अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने चलचित्रमा कथा भने प्रदीप भारद्वाज रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video