‘भैरे’ को ‘सनम माया लाको’ मा दया र सुरक्षाको यस्तो कमाल (भिडियो)

काठमाडौं–
नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्र ‘भैरे’ को ‘‘सनम माया लाको’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रममा कलाकार र निर्माण टिमको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिुएको हो । आज सार्वजनिक गीतमा एभरेष्ट सूर्य बोहराको शब्द तथा यम बरालले संगीत  रहेको छ । साथै सो गीतमा यम र अञ्जु पन्तको स्वर आबाज रहेको छ ।  प्रेमभाव  बोल्ने गीतको भिडियोमा दया र सुरक्षा फिचरिङ छन् ।

उक्त भिडियोमा दुबैजनाको क केमेष्ट्री अबबल देखिएको छ । बसन्त श्रेष्ठ कोरियोग्राफी रहेको गीतमा भेषभुषालाई पनि निकै ध्यान दिईएको पाईन्छ । आजको गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक दयाहाङले बिसन्चो हुँदा समेत ‘भैरे’ को काम गरेको स्मरण गरेका थिए । उनले आफूलाई आउने भएपनि यो गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट सकेको प्रयास गरेको बताए ।

त्यस्तै, नायिका सुरक्षाले ‘सनम माया लाुको’ गीतमा दयाहाङ भन्दा आफूले धेरै टेक खानु परेको घटना स्मरण गरिन् । उनले दया दाईसँग नाच्न पाउँदा म फुरुङ्गका साथै नर्भस पनि भएको बताईन् । चलचित्रको गीत सार्वजनिक गरिएको हो । २०७५ को जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’ को दोस्रो गीत ‘सनम माया ला’को’ सार्वजनिक भएको छ ।

उनले दयाहाङलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत भएको भन्दै बरु आफूलाई नाच्न गाह्रो भएको सुनाईन् । नायिका सुरक्षाले यसो भनिरहदा दयाले हाँसो रोक्न सकेका थिएनन् ।
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रको प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह–निर्माता रहेका छन् । लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनबनिष शाहले गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video