‘स्वर्ग मेरो गाउँ’ बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने

काठमाडौं–
नरेन खड्का स्टारर फिल्म ‘स्वर्ग मेरो गाउँ’ को प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसारलाई तिव्र बनाईएको छ । गत माघ १२ गतेबाट प्रदर्शन गर्ने भनिए पनि विविध कारणले प्रदर्शन मिति सरेको यो चलचित्र २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको छ ।
चलचित्रका निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले अब चलचित्रको मिति नसर्ने जानकारी गराए ।

शहरबाट गाउँ घुम्न गएका युवतीहरुले गाउँलाई नै स्वर्ग बनाउन गरेको प्रयासनै चलचित्रको कथा भएको निर्माण टिमले जनाएको छ । यो चलचित्रमा नरेनसँगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

‘स्वर्ग मेरो गाउँ’ मा नरेनले गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् । पवन गौतमको छायांकन रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

कोरियोग्राफर गोविन्द राई रहेको चलचित्रमा रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले गीतमा आबाज भरेका छन् । सुनिता बराल बजगाइँले चलचित्रको कथा लेखेकी हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video