नेपाली हिरोईनमा गुदी छैन भनेको भन्दै पत्रकार किशोर नेपालमाथि यसरी खनिए यी तीन नायिका (भिडियो)

काठमाडौं–
बुधबार ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर रिलिज कार्यक्रममा नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीले पत्रकार किशोर नेपाललाई जवाफ फर्काउन गतिलै प्लेटफर्मका रुपमा प्रयोग गर्न सफल भए । ट्रेलर रिलिज कार्यक्रममा उपस्थित नायिकाहरुलाई पत्रकारले किशोर नेपालको टिप्पणीबारे प्रश्न गरेपछि नायिकाहरु पनि जवाफ दिन कम्मर कसेर लागेका हुन् । केही समय पहिले नायिका प्रियंका कार्की र ऋचा शर्माको बिषयलाई लिएर पत्रकार नेपालले नेपालका नायिकाहरुको गुदीनै नभएको टिप्पणी गरेका थिए । पत्रकारको जवाफ कार्की र शर्माले मात्रै होइन केकीले समेत मिसिएर दिएकी थिईन् ।

प्रियंकाले जवाफ दिने क्रममा पत्रकार नेपालले आफ्नो तल्लो स्तरमा झरेर लेख लेखेको बताईन् । उनले गत सालको होलीको बिषयलाई लिएर आफ्नोबारेमा गलत कुरा लेखिएको प्रष्ट पारिन् । ऋचाले किशोरको बारेमा के जवाफ दिन खोजेकी थिईन् केकीले माइक्रोफोन आफै लिएर भनिन्, ‘नेपालमा हिरोईनहरुलाई एकदमै डोमिनेट गर्ने प्रचलन बसेको छ, त्यो लेख पनि त्यस्तै कुराबाट प्रेरेरित भएर लेखिएको थियो ।’

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video