ऋचाले तिर्सना बुढाथोकीको हाउभाउ उतार्दा यस्तो बबाल (भिडियो)

काठमाडौं–
‘जुनकिरी आर्टस्’ को ब्यानरमा निर्माण भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री केकी अधिकारी निर्माता रहेको चलचित्रमा स्वयम् केकी पनि अभिनय रहेको छ । अभिनेत्री केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ ले निर्माण गरेको चलचित्रमा विशाल भण्डारी डेब्यू निर्देशकका रुपमा रहेका छन् । कमेडी जनरामा निर्मित चलचित्रको ट्रेलरमा पनि कमेडी संवादलाई महत्वका साथ देखाईएको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ उतार्दा निकै हाँसो गुन्जिएको थियो ।

चलचित्रमा अभिनेत्री शर्माले बारमा नृत्य गर्ने एक युवतीको भूमिका निभाएकी छिन् । कार्यक्रममा उपस्थित पत्रकारले के तपाईं तिर्सना बुढाथोकी बन्न खोज्नु भएको हो भनेर प्रश्न गर्दा, ऋचाले तिर्सना बुढाथोकी नबनेको यद्यपि, दुई दिन उनको भिडियो हेरेको भने स्वीकार गरिन् । उनले धेरथोर कही न कही तिर्सनाको हाउभाउबाट प्रभावित भएको भने स्वकिारीन् ।
आज सार्वजनिक ट्रेलरमा पैसाका लागि पात्रबीचको हैरानीलाई देखाईएको छ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । निर्देशक भण्डारीकै कथा रहेको चलचित्रमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई निर्माता रहेका छन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video