निर्माता गिरीले पोखे सामाजिक सञ्जालमा असन्तुष्टिः ‘मलाई अपहरणको शैलीमा हिरासतमा राखियो’

काठमाडौं–
यतिबेला ‘कृ’ का निर्माता सुवास गिरीको चर्चा परिचर्चा ह्वातै बढेको छ । मंगलबार गति चोरीको आरोपमा पक्राउ परेको समाचार सार्वजनिक भएका गिरीको बुधबारसम्म आईपुग्दा निर्देशक शम्भु प्रधानलाई ११ लाख तिरेपछि रिहाई भएको समाचारले फेरि निकै चर्चा पायो । ‘कृ’ मा समावेश एक गीत चोरीको आरोपमा उनी पक्राउ परेका थिए ।
गिरीको रिहाइ हुँदै गर्दा प्रहरीको रोहवरमा उनि विरुद्ध गीत चोरीको जाहेरी दिएका निर्देशक सम्भु प्रधानले ११ लाख क्षतिपुर्ती पाउने र फिल्मबाट गीत हटाउने सहमति भएको थियो । यद्यपि, बुधबार दिउँसो रिहा भएका गिरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अरुको गल्तीमा आफुलाई फसाइएको भन्दै दुःख व्यक्त गरेका छन् ।

गिरीले लेखेका छन्, ‘छलफलको लागी बोलाएर अपहरण शैलीमा हिरासतमा राखी मनोमानी तरिकाले गीत चोरी आरोपमा टट लाख तिराइएको घटनाले दुःखी बनाएको छ ।’गिरीले प्रश्न गर्दै थपेका छन्, ‘संगीतकारको गल्तीमा पनि छलफल गरेर समाधान गर्न तयार हुँदाहुँदै अग्रज दाइहरुबाट यो व्यवहार उचित थियो ।’

गिरीले लेखेका छन्, ‘अग्रजहरुको यो प्रकारको व्यवहारबाट भोलिका दिनमा चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्ने सोच्ने बेला आएको लखेका छन् । साथै उनले उक्त घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ दिने सबैप्रति आभार र धन्यबाद समेत दिएका छन् । यसअघि ‘सम्झना’ फिल्ममा समावेश भएको गीत ‘उकालीमा अघि अघि’ बोलको अडियोलाई ‘कृ’मा विना अनुमति समावेश आरोप प्रधानले लगाएका थिए । चोरी भएको आरोप लागेको यो गीतको संगीतकार ‘कृ’मा अल्मोडा उप्रेती भनेर लेखिएको छ ।
यस्तो छ निर्माता गिरीले लेखेको स्टाटसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video