खुल्यो मिस सुनार (विश्वकर्मा) को आवेदन, यस्ता छन् प्रतियोगितामा भाग लिने मापदण्ड

पोखरा–
‘मिस सुनार (विश्वकर्मा) नेपाल सिजन २’ प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ । भिजुअल जोन प्रालिको आयोजनामा पोखरामा हुने उक्त प्रतियोगिताका लागि मंगलबार बाट फाराम खुलेको आयोजकले जनाएको छ । आयोजकका अनुसार फारम बैशाख २५ गतेसम्मको लागि खुला रहनेछ । प्रतियोगितामा देशभरिका १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित सुनार युवतीहरुले भाग लिन पाउने आयोजकको भनाई छ ।
‘प्रतियोगितामा सुनार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । भिजुअल जोनका प्रबन्ध निर्देशक सन्जु सुनारका अनुसार समुदायको कला र मान्यतालाई राष्ट्रिय स्तरमा उठाई समाजमा सद्भावना कायम गर्नका लागि यस्तो प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताका ईभेन्ट को–अर्डिनेटर प्रतिक सुनारले आफूहरुले नितान्त सामाजिक भावनासहित कार्यक्रम गर्न लागेको बताए ।

बैशाख अन्तिम देखी करिब १ महिनाको तालिम शुरु हुने उनको भनाई छ । जस अन्तरगत बोल्ने कला, नेतृत्व तथा क्षमता बिकास तालिम्, फोटोशुट्, भ्रमण्, ट्यालेन्ड सो लगाएत बिभिन्न कार्यक्रम समाबेश गरिनेछ ।

विभिन्न चरणगरि ३० जना प्रतियोगी ग्राण्ड फिनालेमा सहभागी हुनेछन् र ग्रान्ड फिनाले जेठको अन्तिम साता पोखरामा हुने आयोजकले जानकारी गराए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video