दोस्रो साता प्रवेश गर्न लाग्दा पनि ’शत्रु गते’ लाई दर्शकको मायाँ उस्तै (फोटोफिचर)

काठमाडौं–
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ भोलिदेखि दोस्रो सातामा प्रवेश गर्दैछ । पहिलो साता गरेको ब्यापार र पाएको ‘वर्ड अफ माउथ’कै कारण फिल्मले दोस्रो सातामा पनि राम्रो ‘शो’ पाएको छ । राजधानीसहित देशका मुख्य सहरमा रहेको मल्टिप्लेक्सले ‘शो’ पब्लिस गरिसकेको छ ।
फिल्मले क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ ।

यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।
फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video