‘लिलिबिली’ को मोफसल ‘टुर’ मा प्रदिपलाई हेर्न ओईरिए दर्शक (फोटोफिचर)

काठमाडौं–
प्रतिक्षित सिनेमा ‘लिलिबिली’ले आफ्नो मोफसल ‘टुर’ सकाएर राजधानी फिरेको छ । चैत ३० गते प्रदर्शन हुने सिनेमाले अहिले प्रचारलाई व्यापक तीव्रता दिइरहेको छ ।

चितवनबाट पुर्व हानिएको ‘लिलिबिली’ युनिटले दमक, धरान र बिर्तामोडमा कन्सर्ट गरि दर्शकलाई मनोरंजन दिदै सिनेमाका बारेमा जानकारी दियो ।

जहाँ अभिनेता प्रदीप खड्कालाई हेर्न हजारौ दर्शकको उपस्थिति रह्यो । जुन स्थानमा कन्सर्ट गरिएको थियो । त्यहाँबाट पठाइएका कुनै पनि तस्विरमा दर्शकको कमि छैन ।

युवापुस्ता माझ राम्रो क्रेज बनाएका प्रदीपकै कारण दर्शकको भिड लागेको थियो ।

प्रदीपसँगै टुरमा जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल पुगेका थिए ।

‘लिलिबिली’ टिम मोफसल टुर अन्तर्गत सुरुवातमा पोखरा हानिएको थियो । तर, मौसम खराबीका कारण पोखरा ल्याण्ड हुन् नसकेको टिम, त्यसपश्चात चितवन हानिएको थियो । मोफसल टुरबाट फर्किएको टिमले अब राजधानीबाटै प्रचार व्यापक बनाउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video