‘मनाङ्गे नानी’ को दुई पोष्टरमा भिम र शान्ती रोमान्टिक मूडमा

काठमाडौं–
चलचित्र ‘मनाङ्गे नानी’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘मनाङ्गे नानी’ दुई रोमान्टिक पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक फस्टलुक पोष्टरमा अभिनेता भिम गुरुङ र अभिनेत्री शान्ती गुरुङबीचको प्रेम भावलाई रोमान्टिक मूडमा देखाईएको छ । शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको फिल्मको छायाँकन मनाङको रमणीय दृश्यमा गरिएको छ ।

निर्देशक खुस बहादुर गुरुङको कथा, पटकथा तथा संगीत रहेको चलचित्रलाई गौतम गुरुङ, सोलेबहादुर गुरुङ, भिमराज गुरुङ र टिकामाया गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको मुख्य अभिनय देख्न सकिन्छ । ‘फिल्मको दृश्य मनोरम छन् भने यसले दर्शकलाई बाध्च’ अध्यक्ष सापकोटाले भने । यो चलचित्रमा श्रीकृष्ण फुयाँलको छायांकन, जनक गुरुङको द्वन्द्व तथा मित्र गुरुङको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video