युवा स्टारर अनमोलको आज जन्मदिन, सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना ओईरो

काठमाडौं–
युवा स्टारर अनमोल केसीले २३ बर्ष पुरा २४ औं बर्षमा पाइला टेकेका छन् । २४ बर्षको दौरान उनले धेरै चलचित्रमा अभिनय नगरे तापनि चर्चित चलचित्र खेलेका कारण निकै चर्चित स्टारका रुपमा परिचित छन् । उनले २४ औं जन्मदिन कसरी मनाउदैछन् त्यो सार्वजनिक भने भएको छैन । खासै भिडभाड मन नपारउने स्वाभावका अनमोलले कस्तो तयारी गरेका छन् केही बताएका छैनन् ।

सदाबहार नायक भुवन केसी र नायिका सुष्मिता केसीको सन्तानको रुपमा सन् १९९४ साल मार्च ३० गते बिहान ११ः३० बजे ओम नर्सिङ्गमा अनमोलले पहिलोपटक आँखा खोलेका हुन् । उनले २०१३ मा पहिलो पटक चलचित्र ‘होस्टेल’ मा मुख्य पात्रको रुपमा अभिनय गर्ने मौका पाएका थिए । पछिल्लो समय निकै चर्चा कमाउन सफल नायक अनमोललाई नेपालमा स्टारडम मेन्टे्न गर्न सफल नायकको रुपमा समेत चित्रित गर्ने गरिन्छ ।

केही समय अघि मात्रै उनको ‘कृ’ फिल्म प्रदर्शनमा आएको थियो । जुन चलचित्रमा उनलाई एक्सन अबतारका रुपमा देखाईएको थियो । यो बर्ष नायक अनमोल केसी निकै चर्चामा समेत रहन सफल भए । चलचित्र ‘कृ’ सँगै उनको ५० लाख पारिश्रमिकको कुराले उनले चर्चा कमाउन सफल भएका हुन् ।

आज जन्मदिन परेका अनमोललाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना विस गर्नेहरुले उनको उज्जवल भविष्यको कामना समेत गरेका छन् । उनलाई नेपालको एक मात्रै सुपरस्टार भनेर समेत सामाजिक सञ्जालमा लेखिएको छ । गणेश केसीले अनमोलको फेसबुक वालमा लेखेका छन्ः नेपालमा स्टारडमको सही परिभाषा भनेकै अनमोल केसी हुन् भनेर ।उनले अनमोलका सफल चलचित्रहरु ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘कृ’ जस्त फिल्मको समेत सम्झना गरेका छन् ।

यतिबेला अनमोल सुटिङमा व्यस्त रहेको ‘क्याप्टेन’ को समेत उनले सम्झना गरेका छन् । पछिल्लो समय युवा ढुकढुकी बन्न सफल युवा स्टारर अनमोलको लागि आउने साल अझैं सफल बन्न सकोस उनलाई सुत्र इन्टरटेन्मेन्ट परिवारको तर्फबाट जन्मदिनको शुभकामना ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video