‘छक्का पञ्जा’ले जित्यो उत्कृष्ट फिल्म अवार्ड, २४ विधामा क–कसले मारे बाजी ? सूचीसहित (भिडियो/फोटोफिचर)

काठमाडौं
चलचित्र ‘छक्का पञ्जा’ले ‘फान अवार्ड २०७३’मा उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।

शुक्रबार नेपाल चलचित्र कलाकार संघले वितरण गरेको दोश्रो ‘फान अवार्ड २०७३’मा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिएको हो ।

चलचित्र ‘छक्का पञ्जा’ले पाएको उक्त अवार्ड निर्देशक दीपाश्री निरौलाले ग्रहण गरेकी हुन् ।

त्यस्तै निर्देशक प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको अवार्ड हात पार्न सफल भए ।

२४ बिधामा वितरण गरिएको अवार्डमध्ये अभिनय तर्फ अभिनेताको अवार्ड चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् ।

त्यस्तै, अभिनेत्रीतर्फ ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्री बन्न सफल भईन् ।

यो पटक उत्कृष्ट निर्देशकको अवार्ड ‘गाजलु’ फिल्मबाट हेमराज बिसीले जितेका छन् ।

उत्कृष्ट सम्पादन तर्फ ‘जात्रा’बाटै मित्र डि गुरुङले अवार्ड हात पार्दा उता नव निर्देशकको अवार्ड ‘छक्का पञ्जा’बाटै दीपाश्री निरौलाले जितिन् ।

त्यस्तै छायांकन तर्फ ‘डाइङ क्याण्डल’बाट रविन आचार्य उत्कृष्ट छायाँकार बन्न सफल भए ।

द्वन्द्व निर्देशनमा ‘जय परशुराम’बाट एनबी महर्जनले अवार्ड आफ्नो पक्षमा पार्न सफल भए ।

गायकतर्फ ‘जैले रिसाउनी’ बोलको गीतबाट ‘पुरानो डुङ्गा’ फिल्मका कालिप्रसाद बाँस्कोटा उत्कृष्ट ठहरिदा गायिका तर्फ ‘ठमेल बजार’ बाट मीना निरौला उत्कृष्ट गायिका बनिन् ।

त्यस्तै, संगीतकारमा छक्का पञ्जा’बाट राजनराज शिवाकोटी उत्कृष्ट घोषित भए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा केह मूर्धन्य कलाकारको उपस्थिति देखिए पनि बहुसंख्यक फिल्म सम्बद्ध कलाकारको उपस्थिति न्युन रहेको थियो ।

आज विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो ।

फान अवार्ड २०७३’ मा विजेताहरुः
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः मेनुका प्रधान
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा
हेर्नुस् कार्यक्रमका केही भिडियोहरु सामाग्रीहरु

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video