ऋषिराजको ‘ड्रिम गर्ल’ असार २९ मा पक्का

काठमाडौं–
निर्देशक ऋषिराज आचार्यको नया“ फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।

आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन ।

सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर धिताल छन् । आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ ।

राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video