अमरको ‘चञ्चले नानीले’ मा छल्कियो ‘तक्मे’ र शिल्पाको जवानी (भिडियो)

काठमाडौं–
गायक अमर राईको स्वरमा सजिएको ‘चञ्चले नानीले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । संभवतः यो जोडी पहिलो पटक सँगै देखिएको हो

भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

निकेश खड्का– गीतलाई हामीले गाउको एक कथा मार्फत प्रस्तुत गरेका छौ । विल्सन गाउले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन् । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु ।
अमर राई– गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको छ । गाउँको प्रेमिल टिपिकल शब्द प्रयोग गरिएको छ । गीतमा विल्सन र शिल्पा राम्रो देखिनु भएको छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video