धुर्मुसलाई क्रिकेट मैदान बनाउन माग्नेले दिए ५१ हजार, धुर्मुसको जवाफ यस्तो (भिडियो)

काठमाडौं–
चर्चित हाँस्य श्रृंखला ‘मेरी बास्सै’ का सहकर्मी सिताराम कटेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्नेबुढा’ कुनैबेला ‘केसी’ जोडीले परिचित थिए । अहिले दुबैजनालाई उक्त श्रृंखलामा देख्न सकिदैन । धुर्मुस यतिबेला सामाजिक कार्यमा व्यस्त छन् भने माग्नेबुढा फिल्मतिर व्यस्त रहेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गरेको दिवाभोज कार्यक्रममा यी दुई कलाकारको जम्काभेट भयो । बालुवाटारमै माग्नेबुढाले धुर्मुसलाई खनखनी पैसा गनेर दिएको दृष्य देखियो ।

पत्रकारले माग्नेबुढलाई के को पैसा दिनुभएको भनेर गरेको प्रश्नमा माग्नेले भने, ‘ म अमेरिका गएकाबेला लसएन्जलसका एउटा साथीले धुर्मुस सुन्तली फाउन्डेशनलाई सन्तपुर बस्ती निर्माणका लागि पठाएको पैसा बुझाएको हुँ ।’ धुर्मुस र माग्नेबुढाको सम्बन्धको बारेमा पत्रकारले प्रश्न उठाएपछि दुबैजनाले आफूहरुको सम्बन्ध कुनै समस्या नभएको बताए । बाहिर बजारमा भएका हल्लाहरु मात्रै हुन् हामीहरुको सम्बन्ध उस्तै छ । धुर्मुसले पहिला डीपीआर नभएसम्म क्रिकेट मैदान कहिलेदेखि सुरु हुन्छ भन्ने तय हुने बताए । अभिनय क्षेत्रमा फेरि फर्कनेबारे धुर्मुसले आफूहरुले सुरु गरेको परियोजना सकिएपछि फेरि अभिनय क्षेत्रमा फर्कने प्रष्ट पारे । धुर्मुसले माग्नेले हस्तान्तरन गरेको ५१ हजार रुपैया सन्तपुर बस्ती तयार भैसकेकाले यो रकम क्रिकेट स्टुडियोम खर्च हुनसक्ने बताए ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video