करिश्मा र साम्राज्ञीले कम्मर मर्काउदा माग्ने, धुर्मुस र तक्मेले बेजोड हँसाए (भिडियो)

काठमाडौं–
शुक्रबार राजधानीमा दोस्रो ‘फान अवार्ड २०७३’ भव्य रुपमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका प्राय सबै कलाकारको सहभागिता रहेको थियो । २४ बिधामा उत्कृष्ट छानिएको कार्यक्रमको बीचबीचमा कलाकारले आफ्ना प्रस्तुति मार्फत मनोरञ्जन पनि दिलाएका थिए ।

कार्यक्रममा सदाबहार नायिका करिश्मा मानन्धरदेखि अहिलेकी जल्दीबल्दी नायिका साम्राज्ञीसम्मले कम्मर मर्काएका थिए । उनीहरुसँग नायक नाजिर हुसेन पनि मैदानमा उत्रिएका थिए । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिमीसँग’ को गीतमा उनीहरुले कम्मर मर्काएका थिए । कार्यक्रममा माग्नेबुढा, धुर्मुस तथा तक्मेबुढाको हाँस्यब्यंग्यरस साँच्चिकै हेर्न लायक थियो । माग्नेबुढाले नायिकाहरुलाई ब्यंग्य गर्दा हलमा निकैबेर हाँसो गुन्जिएको थियो ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video