फिल्म फ्लपका फ्लप, डिमान्ड दुई लाख

 

१ साउन २०७४,काठमान्डौ नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि । हालसालै बजारमा चलेको हल्ला अनुसार उनले म्युजिक भिडियोमा अभिनयको प्रस्ताव लिएर गएका एक गायकलाई दुई लाख पाए मात्र अभिनय गर्ने जवाफ दिएर पठाएकी छन् । नम्रताको डिमान्ड सुनेपछि गायक रातोपिरो भएर केही नबोली फर्किएको खबर छ ।
साँच्ची भन्नु पर्दा नम्रता हिजोआज कामविहीन छिन् । कामभन्दा ज्यादा प्रेममा ध्यान दिएपछि धेरै निर्माताले नम्रतालाई फिल्ममा लिनै डराउन थालेका छन् । त्यसमाथि चर्को पारिश्रमिक र प्रेमी दावा स्टिभन शेर्पाको पनि खर्च बेहोर्नुपर्ने भएपछि निर्मातालाई नम्रता जिराफको घाँटी बन्न थालेकी छन् ।
आफ्नो मोल राख्न त जो कोहीले पाउँछ । नम्रतालाई पनि छुट छ । चाँडै नम्रता पनि निर्माता बन्न लागेकी छन् । त्यतिबेला हेर्नु छ, उनले अरुको मोल भने कसरी तोक्लिन् ? ( ३१ असार को शुक्रबारबाट)

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video